सिन्धुलीमा चट्याङ लागेर एक महिलाको मृत्यु
सिन्धुली । सिन्धुलीको हरिहरपुरगढीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । सोमबार साँझ परेको चट्याङ लागेर हरिहरपुरगढी गाउँपालिका वडा नम्बर–१ शिखर बस्ने छलिमाया थिङको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार हरिहरपुरगढी–३ माडी स्थित खेतमा धान गोड्ने क्रममा चट्याङ लागेर हरिहरपुरगढी–१ शिखरकी ४० वर्षीया थिङको घटनास्थलमा नै मृत्यु भएको हो ।
चट्याङ लागेर अन्य २ जना घाइते भएका छन् । प्रहरीका अनुसार घाइते हुनेमा हरिहरपुगढी–१ शिखर बस्ने वर्ष ४० वर्षीया लुकुमाया रुम्बा र उनकी छोरी १८ वर्षीया सुशिला रुम्वा रहेकी छिन् । चट्याङ लागेर लुकुमायाको दाहिने खुट्टा, जिउ, टाउको र मुटु दुख्ने समस्या देखिएको छ भने सुशिलाको कान नसुन्ने, टाउको, शरिर दुख्ने समस्या देखिएको छ । उनीहरुको अवस्था मध्यम रहेको र मकवानपुरस्थित लामा पोलिक्लिनिक्समा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घटनास्थल इलाका प्रहरी कार्यालय कपिलाकोटबाट ४० किलोमिटर पश्चिम पर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण