समिति बैठक
संसदीय समितिमा खोलियो प्रस्तावित राजदूतविरुद्धको उजुरी
मङ्गलबार, ११ भदौ २०८१, १३ : २९
काठमाडौँ । संसदीय समितिको मंगलबार बसेको बैठकमा प्रस्तावित राजदूतहरुविरुद्ध परेका उजुरीहरु खोलिएको छ । समितिको बैठकमा विभिन्न प्रस्ताववित राजदूतविरुद्ध ९ वटा उजुरी परेको हो ।
प्रस्तावित राजदूतबारे सैद्धान्तिक छलफलपछि उजुरी खोलिएको हो ।
साउन १४ मा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद् बैठकले १८ देशमा राजदूत सिफारिस गरेको थियो । तर‚ साउन २९ मा बसेको संसदीय सुनुवाइ विशेष समितिले १० दिनको समय दिएर १७ देशमा प्रस्तावित राजदूतहरूको बारेमा मात्र सार्वजनिक उजुरी आह्वान गरेको थियो । अस्ट्रेलियाका लागि सिफारिस भएकी कान्ता रिजालको नाम उजुरी आह्वानको सूचनामा प्रकाशित भएको थिएन ।
समितिका अनुसार ९ मध्ये दुई वटा उजुरी इमेलबाट प्राप्त भएका हुन् भने ७ वटा उजुरी उजुरीकर्ताले संसद सचिवालयमै पुगेर दर्ता गराएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण