संसद्मा प्रचण्डको सम्बोधन
सरकार गलत बाटोतिर अग्रसर भएको प्रचण्डको निष्कर्ष
मङ्गलबार, ११ भदौ २०८१, १४ : ०८
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले केपी ओली नेतृत्वको सरकार अहङ्कारपूर्ण र गलत बाटोतिर अग्रसर भएको निष्कर्ष निकालेका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा विशेष समय लिएर सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।
‘झन्डै पौने दुई महिना भन्दा बढी समयसम्म सरकारको नियत र गन्तव्यको अवलोकनपछि म यो निष्कर्षमा पुगेको छु । सरकार अहङ्कारपूर्ण तर गलत बाटोतिर अग्रसर छ’, प्रचण्डले भने ।
सरकारमा सङ्ख्याको उन्माद देखिएको भन्दै प्रचण्डले जसको फलस्वरुप शक्तिको दुरुपयोगतर्फ अग्रसर भएको पनि बताए । त्यसैले अब रचनात्मक खबरदारीका लागि ढिला गर्न नहुने ठानेर आफू हनिमुन अवधि पनि नपर्खी संसदको रोस्टममा खडा भएको प्रचण्डले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घट्दै रोपाइँको क्षेत्रफल
-
ट्रम्प लज्जास्पद रूपमा असफल : बाइडेन
-
यू–२० राष्ट्रिय रग्बी: महिलातर्फ बागमती र कोशी फाइनलमा, पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा
-
मौलाकालिका जलविद्युत आयोजनाको भौतिक प्रगति ३० प्रतिशत
-
नेपालमा रहेका भारतीय नागरिकलाई राहत : अब काठमाडौँबाटै सिंगापुरको भिसा आवेदन दिन सकिने
-
संयुक्त विद्यार्थी संगठनले भने– त्रिविमा संवैधानिक व्यवस्था र लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण