नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस र एमाले मिलेरमात्र उन्मुक्ति हुन सक्दैन : प्रचण्ड
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नक्कली भुटानी शरणार्थी प्रकरण नेपालमात्र नभई अन्तर्राष्ट्रिय रूपमा समेत चासोका साथ हेरिएका कारण नेकपा एमाले र नेपाली कांग्रेस मिलेर उन्मुक्ति पाउन नसक्ने दाबी गरेका छन् ।
मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रमुख प्रतिपक्ष दलका नेता प्रचण्डले यो प्रकरणमा जसले अनुसन्धान गरेको छ त्यहीमाथि छानबिन गर्दै सरकारले यसमा आफ्नो नियत देखाएको आरोप लगाएका हुन् ।
उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान भइरहेको भान देला र जनतासँग डराउला भन्ने लागेको तर बहुमतको बलमा त्यो एकसातापनि बाँकी नराखेको उनले आरोप लगाए । उनले एक सातामै छानबिन गरिरहेका प्रहरीमाथि नै छानबिन गरेर दुई तिहाइ सरकारको नियत देखिएको बताए । उनले नक्कली भुटानी शरणार्थी प्रकरण सरकारको अनुसन्धानबाट प्रस्ट भएको दाबी गरे ।
‘नक्कली भुटानी शरणार्थी प्रकरण तपाईँहरू मिल्ने र एक अर्कालाई जोगाउने हुन सक्दैन । यसलाई अन्तर्राष्ट्रिय रुपमा हेरिएको छ’, उनले प्रश्न गरे, ‘यस्तो अनुसन्धान गर्ने प्रहरी अधिकृतलाई उल्टै छानबिन गरेर देशको प्रतिष्ठा कहाँ पुग्छ ?’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घट्दै रोपाइँको क्षेत्रफल
-
ट्रम्प लज्जास्पद रूपमा असफल : बाइडेन
-
यू–२० राष्ट्रिय रग्बी: महिलातर्फ बागमती र कोशी फाइनलमा, पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा
-
मौलाकालिका जलविद्युत आयोजनाको भौतिक प्रगति ३० प्रतिशत
-
नेपालमा रहेका भारतीय नागरिकलाई राहत : अब काठमाडौँबाटै सिंगापुरको भिसा आवेदन दिन सकिने
-
संयुक्त विद्यार्थी संगठनले भने– त्रिविमा संवैधानिक व्यवस्था र लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण