माओवादी सत्ताको खेलमा लाग्दैन, एक्लै सरकार बनाउने दल बनेर आउँछ : प्रचण्ड
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्र अव सत्ताको खेलमा नलाग्ने दाबी गरेका छन् । मंगलबार प्रतिनिधि सभामा बोल्दै प्रमुख प्रतिपक्ष दलका नेता प्रचण्डले यस्तो घोषणा गरेका हुन् ।
‘माओवादी अव सत्ताको खेलमा लाग्ने छैन । तपाईँहरूसँग सत्ताको हिस्सेदारी माग्न आउने छैन । माओवादी भनेको आन्दोलन हो,’ उनले भने ‘यस बिचमा केही कमजोरी भयो । त्यही कमजोरीमा खेलेर विभिन्न खालको चलखेल भएको छ ।’ उनले माओवादीको ध्यान अव सत्ताको चलखेलमा नभएको र संविधान मार्फत हुने चलखेल रोक्न र जनताको कुरा उठाउनमा भएको दाबी गरे ।
उनले माओवादी एक्लैले सरकारको नेतृत्व गर्ने पार्टी बनाउने बताए । उनले पहिला पनि बनाएको र अहिले पनि बनाउने दाबी गरे । उनले त्यस बिचमा आफूलाई प्रचण्डजी भनेर फकाउन नआउन पनि आग्रह गरे । उनले त्यो समयसम्म मिलिराख्न पनि एमाले र कांसलाई आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घट्दै रोपाइँको क्षेत्रफल
-
ट्रम्प लज्जास्पद रूपमा असफल : बाइडेन
-
यू–२० राष्ट्रिय रग्बी: महिलातर्फ बागमती र कोशी फाइनलमा, पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा
-
मौलाकालिका जलविद्युत आयोजनाको भौतिक प्रगति ३० प्रतिशत
-
नेपालमा रहेका भारतीय नागरिकलाई राहत : अब काठमाडौँबाटै सिंगापुरको भिसा आवेदन दिन सकिने
-
संयुक्त विद्यार्थी संगठनले भने– त्रिविमा संवैधानिक व्यवस्था र लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण