बिहीबार महामन्त्रीद्वयसँग पुन: छलफल गर्दै सभापति देउवा
काठमाडौँ । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले बिहीबार बिहान ९ बजेका लागि महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई छलफलका लागि बोलाएका छन् । केन्द्रीय समिति बैठकमा महामन्त्रीद्वयले प्रस्तुत गरेको प्रतिवेदन परिमार्जन गराउने विषयमा छलफल गर्न देउवाले महामन्त्रीद्वयलाई बिहीबार बिहान बोलाएका हुन् ।
सभापति देउवाले मंगलबार बिहान ११ बजे छलफलमा महामन्त्रीद्वयलाई बोलाएका थिए । तर‚ सहमति जुट्न सकेन । देउवाले प्रतिवेदन परिमार्जन गर्नुपर्ने अडान राखे भने महामन्त्रीद्वयले परिमार्जन गर्न नहुने आ–आफ्ना तर्क राखेका थिए ।
‘धेरै समय बस्न पाइएन । संसदमा आउन हतार भयो । त्यसमाथि आज प्रतिपक्ष दलका नेताले बोल्ने भएपछि सदन आउने पर्यो‚’ एक पदाधिकारीले भने‚‘आज विषय मात्र प्रवेश भयो । सहमति नहुने भएपछि बैठक सारेर बिहीबार बसौँ भनेपछि त्यही सहमति गरेर सबै उठ्यौँ ।’
उक्त सहमति पश्चात् मुख्यसचिव कृष्ण पौडेलले विज्ञप्ति जारी गर्दै भदौ १२ गते बस्ने बैठक भदौ १६ गतेका लागि सारिएको जानकारी दिएका छन् । रातोपाटीसँग कुरा गर्दै कांग्ेस केन्द्रीय पार्टी कार्यालयका मुख्यसचिव पौडेलले आजको बैठक सौहार्द वातावरणमा सञ्चालन भएको जानकारी दिए । उनले विषयहरू सहमति उन्मुख भएको भन्दै निरन्तर सदन बस्ने भएकाले केन्द्रीय समिति बैठक सारिएको जानकारी दिए ।
‘विचारमा धनी पार्टी कांग्रेस हो । सबैको विचार रेस्पोन्स हुन्छ । विषयहरू सहमति उन्मुख छन् एकदमै सकारात्मक छलफल भएको छ‚’ उनले भने ।
कांग्रेसभित्र एक्जीट पोलीसी र निर्वाचन अघि गठबन्धन गर्न नहुने विषयमा मतभेद छ । साउन २३ गते बसेको केन्द्रीय समिति बैठकमा महामन्त्री शर्माले प्रस्ताव गरेको एक्जीट पोलिसी सहितको प्रतिवेदन र कांग्रेसलाई रुखमा भोट हाल्ने ग्यारेन्टी गरिनुपर्छ भनेर महामन्त्री थापाले प्रस्तुत गरेको प्रतिवेदनमा विवाद बढ्दो छ ।
संस्थापन पक्षले यसलाई कुनै पनि हालतमा संशोधन गराउनुपर्ने अडानमा छ । तर, महामन्त्री पक्षधरहरू पास गराउनुपर्ने पक्षमा छन् । सोही विवादका कारण कांग्रेसको बैठक साउन २३ देखि २८ गतेसम्म बसेर स्थगन भयो । त्यसपश्चात् सहमति गरेर भदौ ७ मा बैठक बस्ने भनिएपनि सहमति बेगरनै बैठक बस्यो । उक्त बैठकमा पनि विवाद भएपछि भदौ १२ गतेका लागि सहमति खोजेर बैठक राख्ने भन्दै स्थगन गरियो । तर, सभापति र महामन्त्रीद्वय बिच सहमति नभएपछि पुनः बैठक सार्ने निर्णय भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
-
देशलाई पदक जिताउने सपना, बाधक बन्न खोज्छ समाज र राज्य
-
बाढी–पहिरोले अवरुद्ध छन् यी राजमार्ग
-
डा. गोविन्द केसीको स्वास्थ्य कमजोर बन्दै, सरकारले थाल्यो संवादको पहल
-
सिँचाइमा प्रयोग हुने विद्युतको महसुल अनुदानमा रोक, कृषकलाई समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण