जीवन विकास लघुवित्त वित्तीय संस्थामा तोडफोड र आगजनी
सिरहा । सिरहाको गोलबजार नगरपालिका वडा नं. ७ चोहर्वा गाउँमा रहेको जीवन विकास लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालयमा तोडफोड र आगजनी भएको छ ।
दिउँसो १२ बजेर ३० मिनेटमा सोही लघुवित्तबाट ऋण लिएका महिला सदस्यहरू १ सय ५० जना जति अचानक कार्यालय परिसरमा भेला भएका थिए । उनीहरूलाई सघाउन १०/१५ जना पुरुषहरू पनि सँगै आएका थिए । ऋणी सदस्य महिलाहरू एक्कासि कार्यालयमा पसेर फाइल, कागजपत्रहरू माथिल्लो तलाबाट भुईँतर्फ हुर्याउन थालेको एक प्रत्यक्षदर्शीले बताए ।
नाम उल्लेख नगर्ने सर्तमा संस्थाका एक कर्मचारीले भने,‘तल बसेकाहरूले फाइलमा आगो झोसे । कागज पत्र फाइल जलाएर मात्र छाडेनन् । कम्प्युटरको सीपीयू, मोनिटोर र सिसिटिभी क्यामराहरू फुटाए । इन्भर्टरका ब्याट्रीहरू क्षतिग्रस्त बनाइएका छन् । कागज पत्र जोगाउन खोज्दा कर्मचारी र आगजनी गर्ने समूह बिच हातपात र घम्साघम्सी समेत भएको थियो ।’
इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सुनिल कार्की भन्छन्, ‘क्षतिको मूल्याङ्कन यकिन भएको छैन । घटनाको अनुसन्धान सुरु गरिएको छ । अहिलेसम्म कसैलाई पक्राउ गरिएको छैन । आगजनी र तोडफोडमा संलग्नहरूको पहिचान गरी खोजतलास सुरु गरिएको छ ।
लघुवित्त संस्थाहरूले चर्को व्याज लिएर शोषण गरेको भन्दै ऋण नतिर्ने र वित्तीय संस्थाहरूलाई कारबाही गर्ने अभियानीहरुले दबाब स्वरूप यस्तो हरकत गरेको हुन सक्ने स्थानीयहरूले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानद्वारा ब्राजिल विरुद्ध १–० को सुरुवाती अग्रता, २९औँ मिनेटमा काइशु सानोको गोल
-
घट्दै रोपाइँको क्षेत्रफल
-
ट्रम्प लज्जास्पद रूपमा असफल : बाइडेन
-
यू–२० राष्ट्रिय रग्बी: महिलातर्फ बागमती र कोशी फाइनलमा, पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा
-
मौलाकालिका जलविद्युत आयोजनाको भौतिक प्रगति ३० प्रतिशत
-
नेपालमा रहेका भारतीय नागरिकलाई राहत : अब काठमाडौँबाटै सिंगापुरको भिसा आवेदन दिन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण