सुशीलको ‘आउटल : दफा २१९’को प्रदर्शन पोष्टपोन्ड
काठमाडौँ । आगामी असोजको ३ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘आउटलः दफा २१९’को प्रदर्शन मिति पोष्टपोन्ड भएको छ । निर्माण पक्षले मंगलबार एक विज्ञप्ति जारी गर्दै फिल्मको छायाङ्कन र प्राविधिक काम बाँकी रहेकाले असोज ३ गते फिल्म रिलिज गर्न नसक्ने जानकारी दिएको हो ।
विज्ञप्तिमा निर्माण पक्षले दर्शकहरूले एउटा उत्कृष्ट फिल्म हेर्नका लागि प्रतीक्षा गरेको भन्दै सोही अनुसारको फिल्म बनाउन समय लागेको बताएको छ । फिल्मको फस्टलुक, टिजरबाट प्राप्त प्रतिक्रियाले आफूहरू उत्साहित रहेको भन्दै निर्माणपक्षले चाडै नै नयाँ रिलिज मिति तय गर्ने जनाएको छ ।
विक्की महर्जनको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा सुशील श्रेष्ठ, नरेश पौडेल, शिक्षा सङ्ग्रौला, सुमन भण्डारी, हेम गुरुङ, सोनी लागुन, विशाल पहारी लगायतका कलाकारहरूको मुख्य भूमिका छ । फिल्ममा अमित अग्रहरीको लगानी छ । विनोद कठायत कार्यकारी निर्माता रहेको फिल्ममा विकास चौधरी सह–निर्माताको रूपमा छन् ।
फिल्ममा नवीन गुरुङको डीओपी, चुल्ठे काजीको एक्सन, साहिल खानको सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण