सुशीलको ‘आउटल : दफा २१९’को प्रदर्शन पोष्टपोन्ड

काठमाडौँ । आगामी असोजको ३ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘आउटलः दफा २१९’को प्रदर्शन मिति पोष्टपोन्ड भएको छ । निर्माण पक्षले मंगलबार एक विज्ञप्ति जारी गर्दै फिल्मको छायाङ्कन र प्राविधिक काम बाँकी रहेकाले असोज ३ गते फिल्म रिलिज गर्न नसक्ने जानकारी दिएको हो ।
विज्ञप्तिमा निर्माण पक्षले दर्शकहरूले एउटा उत्कृष्ट फिल्म हेर्नका लागि प्रतीक्षा गरेको भन्दै सोही अनुसारको फिल्म बनाउन समय लागेको बताएको छ । फिल्मको फस्टलुक, टिजरबाट प्राप्त प्रतिक्रियाले आफूहरू उत्साहित रहेको भन्दै निर्माणपक्षले चाडै नै नयाँ रिलिज मिति तय गर्ने जनाएको छ ।
विक्की महर्जनको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा सुशील श्रेष्ठ, नरेश पौडेल, शिक्षा सङ्ग्रौला, सुमन भण्डारी, हेम गुरुङ, सोनी लागुन, विशाल पहारी लगायतका कलाकारहरूको मुख्य भूमिका छ । फिल्ममा अमित अग्रहरीको लगानी छ । विनोद कठायत कार्यकारी निर्माता रहेको फिल्ममा विकास चौधरी सह–निर्माताको रूपमा छन् ।
फिल्ममा नवीन गुरुङको डीओपी, चुल्ठे काजीको एक्सन, साहिल खानको सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ कम्युनिस्ट पार्टी बदल्ने राष्ट्रपति सीका ८ नियमबारे नेपालमा चर्चा
-
संयुक्त जनआन्दोलन समितिले ७७ वटै जिल्लामा सङ्गठन विस्तार गर्ने
-
बाँकेको कोहलपुरमा फेन्सी पसलमा आगलागी
-
मौरीपालक किसानको सङ्ख्या बढ्यो, उत्पादन भने घट्यो
-
ट्रम्पविरुद्ध हजारौँ मानिस सडकमा
-
राप्रपाको प्रदर्शनमा सीमित नेता मात्रै सहभागी हुने