अस्पतालमा जुम्ल्याहा बच्चा मृत्यु प्रकरण : न्याय माग्दा आमाबुवा पक्राउ
काठमाडौँ । करुणा अस्पतालको लापरबाहीमा मृत्यु भएका जुम्ल्याहा बच्चाका बुवा प्रदीप भट्ट र आमा विद्या राणा पक्राउ परेका छन् । मृतक बच्चाको न्याय माग गर्दै बानेश्वरस्थित पानी ट्यांकी अगाडि प्रदर्शनका क्रममा उनीहरू पक्राउ परेका हुन् ।
चितवन घर भएका मृतकका आमाबुवाले आफ्नो बच्चाको उपचारमा अस्पतालको लापरबाहीका कारण निधन भएको आरोप लगाउँदै आएका छन् । उक्त विषयमा सम्बन्धित निकायले राम्रो छानबिन नगरेको भन्दै आमाबुबाले मंगलबार प्रदर्शन गरेका हुन् । उनीहरूलाई निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले पक्राउ गरेको नयाँ बानेश्वर प्रहरी वृत्तले जनाएको छ । सामान्य सोधपुछ गरी उनीहरूलाई छोड्ने प्रहरीले जनाएको छ ।
गत असार अन्तिम साता अस्पतालमा उपचारका क्रममा बच्चाको निधन भएको थियो । उपचारमा लापरबाहीका कारणले जुम्ल्याहा बच्चाको मृत्यु भएको आमाबुवाले आरोप लगाएका छन् । मृत्युको आरोप लगाउँदै उनीहरुले नेपाल मेडिकल काउन्सिल (एनएमसी)मा मुद्दा दर्ता गरेका थिए । सोको छानबिन भइरहेको काउन्सिलले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण