एसियन जुनियर बक्सिङमा नेपालका चार खेलाडी
काठमाडौँ । एसियाली बक्सिङ महासंघको आयोजनामा अवुधाबीमा हुने एसियन जुनियर तथा स्कुल ब्वाइज एण्ड गल्र्स बक्सिङ प्रतियोगितामा नेपालबाट चारजना पुरुष खेलाडी सहभागी हुने भएका छन् ।
अगष्ट २७ देखि सेप्टेम्वर १० तारिख (भदौ ११ देखि २५) सम्म सञ्चालन हुने उक्त प्रतियोगितामा नेपालबाट चन्दन शाही, शेरप गाल्चेन शोर्पा, सर्यन बैद्य र रोमस श्रेष्ठले प्रतिष्पर्धा गर्ने जानकारी नेपाल बक्सिङ महासंघका महासचिव मानबहमादुर भण्डारीले दिए ।
नेपाली टोलीको प्रशिक्षकमा रमेशदास श्रेष्ठ रहेका छन् । धनकुमार मैनालीले भने प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्नेछन् । टोली मंगलबार राति दुबई प्रस्थान गर्नेछ ।प्रतियोगितामा विभिन्न देशका १३ देखि १६ वर्ष उमेर समूहका चार सय ५० भन्दा बढी खेलाडीको सहभागिता रहने छ ।
नेपालको तर्फबाट प्रतियोगितामा सहभागी हुने खेलाडीको छनोट देशभरका एक सय ७५ खेलाडीबाट गरिएको जानकारी महासंघका अध्यक्ष राम अवालेले दिए । नेपाली खेल टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले बिदाइ गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण