१०औँ राष्ट्रिय खेलकुद निर्धारित समयमा नहुने खेलकुदमन्त्रीको संकेत
काठमाडौँ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित समयमा नहुने संकेत गरेका छन् । निर्धारित समयमै १०औँ राष्ट्रिय खेलकुद आयोजना गरिनु पर्ने मागसहित मंगलबार ज्ञापनपत्र बुझाउन गएको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका पदाधिकारीहरूसँग मन्त्री चौधरीले यस्तो आशय व्यक्त गरेका हुन् ।
वृहत् राष्ट्रिय खेलकुदको १०औँ संस्करण आगामी मंसिर २ देखि ९ गतेसम्म कर्णाली प्रदेशमा आयोजना गर्ने कार्यक्रम छ । संघका अध्यक्ष दीपक श्रेष्ठका अनुसार, कर्णाली प्रदेशमा पूर्वाधारको सम्पूर्ण काम सकेरमात्र १०औँ राष्ट्रिय खेलकुद आयोजना गर्ने संकेत मन्त्री चौधरीले दिएका छन् ।
‘पूर्वाधारको काम बाँकी छ । हतारमा अव्यवस्थित तरिकाले प्रतियोगिता आयोजना गर्नुभन्दा केही समय पछि पारेर व्यवस्थित रूपमा प्रतियोगिता सम्पन्न गर्दा राम्रो हुने मन्त्री ज्यूको धारणा छ,’ खेलाडी संघका अध्यक्ष श्रेष्ठले रातोपाटीसँग भने ।
खेलाडी संघका पदाधिकारीसँग मन्त्री चौधरीले प्रतियोगिता केही समय सारिए पनि २०८१ सालभित्रै सम्पन्न गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । ‘केही समय सारिए पनि १०औँ राष्ट्रिय खेलकुद यसै वर्ष सम्पन्न गर्ने आश्वासन मन्त्री ज्यूले दिनु भएको छ,’ श्रेष्ठले भने ।
खेलाडी संघले मंगलबार नै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङलाई पनि यही ब्यहोराको ज्ञापनपत्र बुझाएको थियो । सदस्यसचिव घिसिङले भने १०औँ राष्ट्रिय खेलकुद निर्धारित मितिमै आयोजना गर्ने आश्वासन दिएका थिए ।
सदस्यसचिव घिसिङले मन्त्रीसहितको टोलीले प्रतियोगिता आयोजनास्थलको स्थलगत निरीक्षण गरिसकेको र भौतिक पूर्वाधारको सुनिश्चित गर्न राखेपले प्राविधिक टोली पनि पठाइसकेकाले निर्धारित समयमै १०औँ राष्ट्रिय खेलकुद सम्पन्न हुने विश्वास व्यक्त गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण