सामाजिक सञ्जालको दुरुपयोग गरेर ९९ लाख ठगेको आरोपमा युवक पक्राउ
काठमाडौँ । सामाजिक सञ्जाल फेसवुक र ह्वाट्स एप दुरुपयोग गरेर ठगेको आरोपमा प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको सोनमा गाउँपालिका घर भएर सुर्यबिनायक बस्ने रन्जन यादव छन् ।
२२ वर्षका यादवलाई भक्तपुरको सुर्यबिनायकबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले रातोपाटीलाई बताए । थाइल्याण्डमा बस्ने एलेन आरबि श्रेष्ठको कार दुर्घटनामा मृत्यु भएको घटना सुनाएर उनले पीडितहरुलाई मृतकको उत्तराधिकारी बनाएर थाइल्याण्डस्थित बैंक खाताको रकम निकालिदिने ‘सपना’ देखाएर ठगेका हुन् ।
आरोपीले पीडितहरुलाई भन्ने गरेका थिए, ‘थाइल्याण्डस्थित सियाम बैंकमा श्रेष्ठको ८५ लाख अमेरिकी डलर छ, उनको नातेदार कोही नभएको हुनाले थर मिल्ने मानिसमार्फत निकाल्न सकिन्छ ।’
पीडितहरुसँग त्यहि बहानामा उनले धेरै पटकमा ९९ लाख ६४ हजार ठगेका हुन । उनलाई कारवाहीका लागी जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाएको एसपी आचार्यले जानकारी दिए ।
आरोपीले यूएसडीटी मार्फत ३ करोड १२ लाख १९ हजार कारोबार गरेको भेटिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कंगोमा रहेका अमेरिकी नागरिकको स्वदेश फिर्तीमा अमेरिकाले लगायो रोक
-
एल निनोको उच्च जोखिम : एसिया र अफ्रिकामा बाढी, रोग र खाद्य सङ्कटको सम्भावना
-
हुथीद्वारा साउदी अरबमाथि मिसाइल आक्रमण
-
हजारौँ करार र ज्यालादारी कर्मचारी हटाएर सरकारले नीतिगत भ्रष्टाचार गर्दै छ : सांसद राई
-
सरकारमाथि प्रतिपक्षी सांसदले औँला ठड्याए, सत्तापक्ष प्रमाण माग्दै सरकारको बचाउमा
-
सम्पत्ति छानबिनमा सरकारले राजनीति गर्यो, आफ्ना मन्त्री र सांसदलाई जोगाउन खोजियो : शाही
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण