स्कुल बस दुर्घटना बढेपछि पोखरामा ट्राफिकले अनुगमन बढायो
मङ्गलबार, ११ भदौ २०८१, २२ : १३
पोखरा । पोखरामा पछिल्ला केही दिनमा स्कुल बस दुर्घटना दैनिक जसो भएका छन् । छोरेपाटन पारी स्कुल बस दुर्घटना भएर विद्यार्थीसहित २ जनाको मृत्यु भयो ।
केही दिनअघि घारीपाटनमा स्कुल बस अनियन्त्रित भएर चालक घाइते भए । विद्यार्थीलाई भने खासै असर परेन । दैनिक जसो दुर्घटना बढेपछि ट्राफिक प्रहरीले यहाँका स्कुल बसहरूमा निगरानी र अनुगमन बढाएको छ ।
मंगलबार दिनभरिमा मात्रै क्षमताभन्दा बढी विद्यार्थी बोकेका १७ वटा स्कुल बस नियन्त्रणमा लिएको छ । २२३ वटा बसमा चेकजाँच गर्दा १७ वटाले क्षमताभन्दा बढी विद्यार्थी बोकेको भेटिएको हो ।
उनीहरुलाई ट्राफिक नियम अनुसार कारबाही गरिएको कास्की प्रहरी प्रवक्ता डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए । जिल्ला प्रहरी र ट्राफिक प्रहरीले संयुक्त रुपमा अनुगमन गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण