अल नासरको जितमा रोनाल्डोको गोल र एसिस्ट
बुधबार, १२ भदौ २०८१, ०६ : १८
रियाद । क्रिस्टियानो रोनाल्डोले गोलवर्षा जारी राख्दा अल नासरले साउदी प्रो लिगमा पहिलो जित हासिल गरेको छ । मंगलबार राति भएको खेलमा अल नासरले अल फेइहालाई ४–१ गोलले हराएको हो ।
खेलको सुरुवातमा नै रोनाल्डोले टालिस्काका लागि गोलको अवसर सिर्जना गरेका थिए । टोलीले ५ औँ मिनेटमा अग्रता लियो । पहिलो हाफको इन्जुरी समयमा रोनाल्डोले फ्रिकिकमार्फत गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।
मार्सेलो ब्रोजोभिचले ८५ औँ मिनेटमा टोलीको अग्रता फराकिलो बनाए पनि फेसन साकालाले एक मिनेटपछि नै अल फेइहाका लागि गोल फर्काएका थिए । यद्यपि, यो गोल सान्त्वनामा मात्रै बन्यो ।
इन्जुरी समयमा टालिस्का व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरे । लिगको पहिलो खेलमा भने अल–नासर अल रइदसँग १–१ को बराबरीमा रोकिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण