टीआरसी विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय लगिँदै
काठमाडौँ । सङ्घीय संसद्को दुवै सदनबाट सर्वसम्मत पास भएको संक्रणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी) राष्ट्रपतिबाट प्रमाणीकरणको तयारी गरिएको छ । यसका लागि विधेयक केही बेरमा राष्ट्रपति कार्यालय शीतल निवासमा लैजान लागिएको हो ।
सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले दिएको जानकारीअनुसार सभामुख देवराज घिमिरेबाट प्रमाणित भएर विधेयक प्रमाणीकरणका लागि आज राष्ट्रपति कार्यालयमा लैजान लागिएको हो ।
‘अहिले केहीबेरमा विधेयक सम्माननीय राष्ट्रपतिज्यूकोमा जाँदैछ‚’ प्रवक्ता गिरीले भने । सरकारले यो विधेयक २५ फागुन २०७९ मा यो विधेयक प्रतिनिधिसभामा दर्ता गरेको थियो ।
प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार कानुन समितिले विधेयक पास गर्नुअघि मुख्य विवादित विषयमा प्रमुख तीन राजनीतिक दल कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताहरूले सहमति जुटाएका थिए । त्यसपश्चात् समितिबाट सदनमा पुग्दै दुवै सदनले विधेयकलाई सर्वसम्मत पारित गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण