‘वर एण्ड वधु’ ले पोखरामा गर्यो मोफसल प्रिमियर
काठमाडौंँ । शुक्रबारदेखि सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘वर एण्ड वधु’ को मोफसल प्रिमियर पोखरामा गरिएको छ । मंगलबार पोखराको मिडटाउन हलमा आयोजित प्रिमियरमा फिल्मका कलाकार तथा रंगपत्रकारको सहभागिता थियो ।
फिल्म युनिटबाट निर्देशक मिलन चाम्स, निर्मात्री जानुका थापा, कलाकार किरण केसी, नायिका आँचल शर्मा, नायक विवेक कर्मचार्य, कलाकार कुसुम शर्मा र विजु पार्की प्रिमियरमा सहभागी थिए । प्रिमियरमा फिल्मले उत्कृष्ट प्रतिक्रिया पाएको निर्देशक चाम्सले बताए । प्रिमिएर मिडटाउन हलसँगको सहकार्यमा आयोजना गरिएको थियो ।
फिल्मको काठमाडौँ प्रिमिएर भने आज बुधबार साँझ आयोजना गरिएको छ । रोमान्टिक कमेडी जनराको फिल्म एलआरके इन्टरटेन्मेन्टको व्यानरमा निर्माण गरिएको हो । फिल्मका कार्यकारी निर्माता अमित रिजाल हुन् । फिल्मको छायांकन नेपाल, रोमानिया, फ्रान्स, इटाली र स्पेनमा गरिएको हो ।
फिल्मले सार्वजनिक प्रदर्शनबाट पनि बक्स अफिसमा सुखद व्यापार गर्ने अपेक्षा निर्माण युनिटको छ । फिल्ममा विजय लामा, किरण केसी, रविन्द्र खड्का, श्रृष्टी खड्का, हिमेश पन्त, कुसुम शर्मा, दिनेश काफ्ले, सिता न्यौपाने, अंशु महर्जन, सरिता लामिछाने, गरिमा शर्मा लगायतका कलाकारको अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा लाइसेन्स र मर्जर नीतिमा अर्बौँको चलखेल भएको सांसद लिमा अधिकारीको आरोप
-
सरकारी स्वामित्वका बीमा कम्पनीहरूको लेखापरीक्षणमा ढिलाइप्रति सांसद कँडेलको आपत्ति
-
बाबुराम भट्टराईको प्रश्न : लोकतन्त्रको हत्या त गरिँदै छैन ?
-
‘सी चिनफिङ: द गभर्नान्स अफ चाइना’ को पाँचौँ खण्डको प्रवर्द्धन कार्यक्रम सम्पन्न
-
राष्ट्रपति पौडेलसँग उपराष्ट्रपति यादवको भेट
-
बीमा दाबी फर्छ्यौट ६ महिनाभित्रै सक्ने प्राधिकरण अध्यक्ष पौडेलको प्रतिबद्धता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण