ईयूसँग सम्बन्ध सुधार गर्ने प्रयासमा बेलायत, बेलायती प्रधानमन्त्रीले भेटे जर्मनी चान्सलरलाई

बर्लिन । बेलायती प्रधानमन्त्री कीर स्टार्मर जर्मनीका चान्सलर ओलाफ सोल्सलाई भेट्न बुन्देसकान्जलरामेट पुगेका छन् । सोल्सले स्टार्मरको स्वागत गरेका थिए ।
मिलिटरी ब्यान्डले स्टार्मरलाई ‘गड सेभ द किंग’ गीत गाएर स्वागत गरेको थियो । यूरोपेली संघ (ईयू)बाट बेलायतको बहिर्गमन अर्थात् ब्रेक्जिटपछि बेलायत र ईयूबिचको सम्बन्धका लागि यो बैठक महत्वपूर्ण मानिएको छ । स्टार्मर मंगलबार राति बर्लिन पुगेका थिए ।
आफ्नो कार्यकाल सुरु भएको दुई महिनाभन्दा कम समयमा जर्मन चान्सलरसँगको स्टार्मरको यो पाँचौं भेट हो । बेलायती प्रधानमन्त्रीको निवास डाउनिङ स्ट्रिटले यसलाई युरोपसँग बेलायतको सम्बन्धलाई ‘रिसेट’ गर्ने स्टार्मरले गरिरहेको प्रयासको प्रमाण भनेको छ ।
‘हामीसँग युरोपसँग हाम्रो सम्बन्धलाई पुनः स्थापित गर्ने र बेलायती जनताका लागि वास्तविक, महत्वाकांक्षी साझेदारीको लागि प्रयास गर्ने एउटा पुस्तामा मात्रै पाइने अवसर छ,’ स्टार्मरले भनेका छन् । आफूहरूले अघिल्लो सरकारले छोडेको बिग्रिएको सम्बन्धलाई सुधार गर्नुपर्नेमा उनले जोड दिएका छन् । यो बैठकमा दुवै देशका नेताले युक्रेनलाई समर्थन गरेका थिए । यस्तै रक्षा र सुरक्षा सहयोग तथा अवैध आप्रवासनमा संयुक्त कारबाही बढाउने विषयमा छलफल गर्ने आशा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित पर्साबाट चार जना पक्राउ
-
पहिरोले अवरूद्ध विपी राजमार्ग एकतर्फी सञ्चालनमा
-
ग्वार्कोमा बसले कार र टेम्पोलाई ठक्कर दिँदा ६ जना घाइते
-
ग्रे–लिष्टदेखि मर्जरसम्मका समस्या समाधानबारे राष्ट्र बैंकद्वारा गठित कार्यदलले माग्यो सुझाव
-
युके पठाउँछु भनेर ठगेको आरोपमा युवती पक्राउ
-
आरआर क्याम्पसको स्ववियुले पायो वैधानिकता