वैदेशिक रोजगारीको नाममा ठगेको आरोपमा एकजना पक्राउ
बुधबार, १२ भदौ २०८१, १८ : ४२
काठमाडौँ । वैदेशिक रोजगारीको नाममा ठगेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापको गोकुलगंगा गाउँपालिका–३ घर भएर नैकाप बस्ने सूर्यबहादुर सुनुवार छन् ।
४२ वर्षीय सुनुवारलाई चन्द्रागिरी नगरपालिका–१४ स्थित नैकापबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले रातोपाटीलाई बताए । ग्रिस पठाउँछु भनेर उनले एकजना पीडितबाट २ लाख ६० हजार ठगेका हुन् । आरोपीलाई कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभागमा पठाएको एसपी आचार्यले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोनीको अलराउन्ड प्रदर्शनमा नेपालको सानदर विजयी यात्रा जारी
-
पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध
-
६ जिल्लाका साना नदीमा बाढीको उच्च जोखिम
-
मधेस प्रदेशसभा बैठकः बजेटसम्बन्धी कार्यदलको प्रतिवेदन प्रस्तुत हुने
-
अविरल वर्षाले नवलपुरमा पहिरो र डुबान, नौ घरपरिवार प्रभावित
-
पैदलयात्रीको सुरक्षाका लागि जावलाखेलमा 'स्मार्ट सेफ्टी ब्यारेड' सञ्चालन (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण