मुक्तिनाथमा बन्यो इलाका प्रहरीको नयाँ भवन
पोखरा । मुस्ताङस्थित मुक्तिनाथमा इलाका प्रहरी कार्यालयको नयाँ भवन बनाइएको छ । नवनिर्मित भवन गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुधबार उद्घाटन गरेका हुन् ।
उनले संविधान अनुसार कानुन नबन्दा प्रहरी समायोजनमा समस्या आएको बताए । प्रहरी समायोजन प्रत्येक प्रदेशको प्रमुख मुद्दा रहेको उनले बताए । तर संघ सरकारले नै प्रहरी प्रदेशमा समायोजन नगर्दा आफ्नो कार्यक्षेत्रको काम समेत गर्न नपाएको पाण्डेको भनाई छ ।
‘संविधान अनुसार पहिले नै हुनुपर्ने प्रहरी समायोजन अहिलेसम्म अघि बढेको छैन । प्रहरी समायोजन नहुँदा प्रदेश सरकारले चाहेर पनि आवश्यकता र अपेक्षाअनुसार सहयोग गर्न सकिएको छैन,’ उनले भने ।
भवन प्रदेश सरकारको ३ करोड ६० लाख लागतमा निर्माण भएको हो । उनले समाजको शान्ति सुरक्षा कायम राख्न र कानुनी राज्यको अनुभूति दिलाउन नागरिकको समेत महत्त्वपूर्ण भूमिका रहेको बताए । ‘समाजमा शान्ति सुरक्षाको जिम्मा सरकारको त छँदैछ तर नागरिक तहबाट पनि उत्तिकै जिम्मेवारी रहन्छ,’ पाण्डेले भने ।
नागरिक समाजसँगको सहकार्यमा सरकारले शान्ति सुरक्षामा प्रभावकारी काम गर्न सक्ने उनले बताए । आधुनिक भवन बनाएपछि मुक्तिनाथ पुग्ने पर्यटक र स्थानीयको शान्ति सुरक्षामा प्रहरीलाई सहज हुने पाण्डेको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण