यी हुन् मतदानमार्फत विजयी भएका एकीकृत समाजवादीका ८४ पोलिटब्युरो सदस्य (सूचीसहित)
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले चुनावमार्फत ८४ जना पोलिटब्युरो सदस्य छानेको छ । सार्वजनिक मत परिणाम अनुसार सबैभन्दा धेरै विरोध खतिवडाले २०१ मत पाएका छन् ।
त्यस्तैगरी दोस्रो लोकप्रिय मत जीवनराम श्रेष्ठले १९५ मत पाउँदा तेस्रो स्थानमा रहेकी रमा आले मगरले १९४ मत पाएकी छिन् ।
पार्टीको पदाधिकारी चयनको नतिजा बुधबार नै आएको थियो । जसअनुसार महिला उपाध्यक्ष पदमा जयन्ती देवी राई निर्वाचित भएकी थिइन् । उनले नेतृ रामकुमारी झाँक्रीलाई पराजित गरेकी हुन् ।
यस्तै उपाध्यक्ष (मधेसी समुदाय) पदमा धर्मनाथ प्रसाद साह निर्वाचित हुँदा खुला उपाध्यक्ष पदमा डा गंगालाल तुलाधर, भानुभक्त जोशी, प्रकाश ज्वाला र जगन्नाथ खतिवडा निर्वाचित भएका थिए ।
यसैगरी उपमहासचिव पदमारामकुमार भट्टराई, मेटमणि चौधरी, गरिमा शाह र राजेन्द्रकुमार राई निर्वाचित भएका छन् । यस्तै सचिव (दलित समुदाय) पदमा गणेश बहादुर विश्वकर्मा, सचिव (आदिवासी जनजाती) पदमा बलदेव चौधरी, सचिव खुलामा श्रनाथ बराल, शेरबहादुर कुँवर, चन्द्रबहादुर शाही, सोमप्रसाद पाण्डेय, सावित्राकुमारी भुसाल विजयी भएका छन् ।
दशौँ महाधिवेशनबाट अध्यक्षमा माधव नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाल सर्वसम्मत चयन भएका थिए। यस्तै वरिष्ठ उपाध्यक्षमा मंगललबार नै राजेन्द्र पाण्डे निर्विरोध भएका थिए।
यस्ताे छ पोलिटब्युरो सदस्यको मत परिणाम





खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण