लालिगा फुटबलमा एथ्लेटिक बिलबाओ विजयी
काठमाडौँ । स्पेनिस लालिगा फुटबलमा एथ्लेटिक बिलबाओ विजयी भएको छ । गएराति सम्पन्न खेलमाबिलबाओले भ्यालेन्सियालाई १–० गोल अन्तरले पराजित गरेको हो ।
बिलबाओको जीतमापहिलो हाफको ४५ औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्न पुग्यो । उसका लागि बेनाट प्राडोस डियाजले ओस्कार मार्कोसको पासमा हेडर गोल गरेका थिए ।
सोहीगोलको अग्रता पुरै समय कायम राख्दै एथ्लेटिकले पहिलो जित निकालेको हो । भ्यालेन्सियाको भने यो लगातार तेस्रो हार हो ।
लालिगाकै अर्को खेलमा अलाभेसले रियल सोसिडाडलाई पराजित गरेको छ । अलाभेसले सोसिडाडमाथि २–१ गोल अन्तरको जीतदर्ता गरेको हो ।
सोसिडाड २९ औँ मिनेटमा १० खेलाडीमा समेटिएको थियो । मिकेलओयारजाबल उगार्टे रातो कार्ड पाउँदै मैदान छाड्न पुगेका थिए । १० खेलाडीमा समेटिएको सोसिडाडले ३२ औँ मिनेटमा गोल गर्दै सुरुआतीअग्रताभने लिएको थियो । सोसिडाडका बेरिस मेन्डिजले सर्जियो गोमेजको पासमा गोल गरेका थिए ।
पहिलो हाफको अतिरिक्त पाँचौँ मिनेटमा अलाभेसका एसियर विलालिब्रेले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।
७७ औँ मिनेटमा टोनी मार्टिनेजले गोल गरेपछि अन्ततः अलाभेस २–१ को पुनरागमन जीत निकाल्न सफल भयो ।
अलाभेसले ३ खेलबाट ४ अंक बनाएको छ भने सोसिडाडको समानतीन खेलबाट तीनअंक नै रहेको छ ।
यसैगरी भालाडोलिड र लेगानेस तथा एथ्लेटिको मड्रिड र एस्पानोलले गोलरहित बराबरी खेल्दै अंक बाडेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
-
कर्णालीमा कांग्रेस संसदीय दलको बैठक सुरु, के विषयमा हुँदै छ छलफल ?
-
वीपीको चिन्तन गर्न सक्ने पार्टी निर्माण आवश्यक छ : कुन्दनराज काफ्ले
-
बीपी र पुष्पलालको वैचारिक दृष्टिकोणलाई समकालीन यथार्थसँग जोडेर नयाँ राजनीतिक बहस चलाउनु पर्छ: प्रलोपा
-
सुकुमबासीसँग घरजग्गा, सेयर, सवारी साधन र हिरा–जवाहरात खोजिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण