चट्याङ लागेर दैलेखमा नातिको मृत्यु, हजुरआमा घाइते
बिहीबार, १३ भदौ २०८१, ०९ : १८
सुर्खेत। दैलेखमा चट्याङ लागेर फेरि एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा आठबिस नगरपालिका–५, पिपलकोटका दुई वर्षीय बालक रोशन विष्ट रहेका छन्।
यस्तै उनकी हजुरआमा ४६ वर्षीय कमला विष्ट घाइते भएको दैलेख प्रहरीले जनाएको छ। बुधबार बेलुका पानी परेको समयमा आफन्तको घरमा ओत लाग्न गएमा बेला चट्याङ परेको थियो।
कमलाको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको छ। उनी स्वास्थ्य स्वयंसेविका पनि हुन्। दैलेख चट्याङ धेरै पर्ने जिल्लामा पर्दछ । केही दिनअघि मात्र चट्याङ लागेर एक जनाको मृत्यु भएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
-
नेपालमा लोकतन्त्र अपहरित भएको छ : केपी ओली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण