कोदोको पिठोबाट बिस्कुट उत्पादन
विराटनगर । विराटनगरको एसियन बिस्कुट इन्डस्ट्रिजले कोदोको पिठोबाट बिस्कुटको उत्पादन र बजारीकरण गर्न थालेको छ । नेपालमा कर्पोरेट लेभलबाट पहिलो पटक आफूहरूले कोदोको बिस्कुट उत्पादन सुरु गरेको एसियन विज्ञप्तिमार्फत जनाएको छ ।
पश्चिम नेपालमा घरेलु र लघु उद्योगस्तरमा स्थानीय उत्पादनका रूपमा यस्तो बिस्कुटको उत्पादन हुँदै आएकोमा एसियनले एकै चोटि देशभरि नै बजारीकरण र निर्यात समेत गर्ने उद्देश्यले अटोमेटिक मेसिनबाट ठुलो परिमाणमा कोदोको बिस्कुटको उत्पादन गर्न थालेको जनाएको छ।
उद्योगले नेपालका कच्चा पदार्थको प्रवर्धन र मानव स्वास्थ्यलाई दृष्टिगत गर्दै कोदोको पिठोबाट बिस्कुटको उत्पादन सुरु गरेको बताएको छ । उद्योगका सञ्चालक आशिष् जाजूले यस बिस्कुटको मुख्य कच्चा पदार्थ नेपालकै पहाडी क्षेत्रको उत्पादन कोदो भएको बताए ।
बिस्कुटलाई सुगन्धित बनाउन इलामको अर्को उत्पादन अलैँचीको धुलो पनि मिसाइएको छ। साथै फाइबरयुक्त बनाउन ओट्स मिसाइएको छ भने सुगन्ध र स्वादमा वृद्धि गर्न दालचिनीको धुलो पनि हालिएको कम्पनीले जनाएको छ ।
सञ्चालक जाजूले कोदोको बिस्कुट मधुमेहका बिरामीले सन्तुलित रूपमा प्रयोग गर्न सक्ने, यसले इम्युनिटी वृद्धि गर्ने र पाचन प्रणालीमा पनि सुधार गर्ने दाबी गरे । उद्योगले ५० ग्रामको बिस्कुटको खुद्रा बिक्री मूल्य २५ रुपैयाँ राखेको छ।
जाजूले यसलाई भारत निर्यातका लागि काम सुरु भइसकेको पनि बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण