पटनामा घरको पर्खाल भत्किँदा ५० जना घाइते
भारत । बिहारको राजधानी पटनाको पुनपुन नगर पञ्चायत क्षेत्रको श्रीपालपुरमाघरको पर्खाल भत्किँदा ५० जना महिला र बालबालिका घाइते भएका छन् । घटना अगस्ट २८ गते दिउँसोको हो ।
‘श्रीपालपुर गाउँमा नीरज कुमार नाम गरेको व्यक्तिको घरमा पूजा आयोजना गरिएको थियो । त्यसमा १०० देखि १२५ जनाको उपस्थिति थियो,’ यस घटनाका सम्बन्धमा मसौढीका एसडीएम अमित पटेलले बीबीसी हिन्दीलाई भनेका छन् ।
दिउँसो १ देखि १ः३० बजेतिर हल्का वर्षाले घरको पर्खाल भत्किँदा ५० महिला र बालबालिका पुरिएको उनले बताए । घटनापछि स्थानीय प्रहरी र गाउँलेको सहयोगमा भग्नावशेष हटाएर घाइतेलाई पुनपुन प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको थियो । घाइतेमध्ये २१ जनालाई थप उपचारका लागि पटना मेडिकल कलेज अस्पतालमा रिफर गरिएको थियो । हाल १२ जनाको उपचार भइरहेको बताइएको छ ।
‘कुनै सूचना नदिई घरमा यति ठूलो कार्यक्रमको आयोजना गरिएको थियो, जसमा ठूलो संख्यामा मानिसहरू भेला भएका थिए ।’ स्थानीय पत्रकार अरविन्दले भनेका छन् ।
पटनाका एसएसपी राजीव मिश्रले यस विषयमा अनुसन्धान गर्न आदेश दिएका छन् । दुर्घटनाको पूर्ण विवरण संकलन गर्न स्थानीय प्रहरी चौकीलाई निर्देशन दिइएको र अनुसन्धान प्रतिवेदन आएपछि थप कारबाही हुने उनले बताए । यस मामिलामा घरधनी नीरज कुमार विरुद्ध एफआईआर दर्ता गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण