सडक दुर्घटना रोक्न एक महिना सडक सञ्जाल बन्द गरी अध्ययन गरौँ : वामदेव गौतम
काठमाडौँ । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नदी छेउका सडक करिडोरमा हुने दुर्घटना रोक्न एक महिना सडक सञ्जाल बन्द गरी अध्ययन गर्नुपर्ने बताएका छन् । बिहीबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो प्रस्ताव अघि सारेका हुन् ।
गौतमले सो समयमा हवाई यातायातको प्रयोग गर्नुपर्ने र हवाई यातायातलाई कसरी सबैभन्दा सस्तोमा सेवा दिने र कतिसम्म दिन सकिन्छ भन्नेकुराको निर्धारण सरकारले गर्नुपर्ने बताए । उनले नेपालको भौगर्भिक अवस्थाको अध्ययन नगरी निर्माणका जथाभाबी काम गर्नाले प्रतिदिन नेपाली नागरिक र नेपाल भ्रमणमा आउने विदेशी नागरिकको मृत्यु भइरहेको बताए । उनले सडकका कारण हुने दुर्घटना पत्ता लगाउने घटनाको सबै कोणबाट विश्लेषण हुनुपर्ने बताए । उनले अहिले उत्पन्न भएका समस्या ८० प्रतिशत भौगर्भिक र २० प्रतिशत मानवीय रहेको बताए ।
गौतमले प्रकृतिप्रदत्त संरचनाहरुको यथार्थ जानकारी प्राप्त गर्न चीन, इजरायलबाट त्यस सम्बन्धी ज्ञान भएका वैज्ञानिकहरूलाई नेपालमा केही समयका बोलाउन आग्रह गरे ।
उनले भने, ‘ नेपालको भौगर्भिक अवस्थाको अध्ययन नगरी निर्माणका जथाभाबी काम गर्नाले आज प्रतिदिन नेपाली नागरिक र नेपाल भ्रमणमा आउने विदेशी नागरिक धेरै मरिरहेका छन् । नेपालका नदी छेउमा रहेका सडक करिडोर ज्यानमारा संरचना बनेका छन् । कुनैपनि समस्या चाहे भौगर्भिक होस्, चाहे मानवीय होस् त्यसको कार्यकारण सम्बन्ध हुन्छ । बिना कारण कुनै घटना हुँदैनन् । कारण पत्ता लगाउन घटनाको सबै कोणबाट विश्लेषण गर्न सक्नुपर्छ ।’
गौतमले एक महिनामा सबै सडकको सम्पूर्ण अध्ययन गरिसकेपछि तत्काल निर्माण गर्नुपर्नेलाई निर्माण गरी चलाउनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण