साताव्यापी रूपमा राष्ट्रिय शिक्षा दिवस मनाउन शिक्षा मन्त्रालयको अनुरोध

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय शिक्षा दिवस साताव्यापी रूपमा मनाउन अनुरोध गरेको छ । असोज २ गते मनाइने दिवस साताव्यापी रूपमा नै मनाउन मन्त्रालयले अनुरोध गरेको हो ।
मन्त्रालयले यो वर्षको दिवसको आदर्श वाक्य ‘ज्ञान, विज्ञान, सीप उद्यम र मौलिकता ः साझेदारी र प्रणालीगत सक्षमता’ तय गरेको छ ।
सोही बमोजिम असोज २ गते मुलुकभर सप्ताहव्यापी रूपमा विविध रचनात्मक र सन्देशमूलक कार्यक्रमसहित दिवस मनाउन सबैसँग अनुरोध गरेको हो ।
भदौ ९ गते बसेको बैठकले सप्ताहव्यापी कार्यक्रमसहित शिक्षा दिवस मनाउने निर्णय गरेको दिवस मूल समारोह समितिका सदस्य सचिव तथा केशव प्रसाद दाहालले बताए ।
अघिल्लो वर्षदेखि अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन, २०७५ जारी भएको दिनको अवसर पारेर प्रत्येक वर्ष असोज २ गते दिवस मनाउँदै आएको छ ।
२०८० जेठ ९ गते मन्त्रिपरिषद् बैठकले हरेक वर्षको असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतविरूद्ध सैन्य अभियानको नेतृत्व गर्ने सेना प्रमुख मुनीर फिल्ड मार्सलमा बढुवा
-
इन्सपेक्टर लिएर अनुगमनमा गएको विभागको टोली नै कुटिएपछि...
-
११ एसएसपी डीआईजीमा बढुवा सिफारिस, को–को समेटिए ? (सूचीसहित)
-
भारतमा २ जना कोभिड संक्रमितको मृत्यु
-
लैङ्गिक हिंसा सम्बन्धी सचेतना अभिवृद्धिका लागि युएनएफपीए र मनकामना दर्शन प्रालिबिच सहकार्य
-
महिला प्रहरीको सहयोगमा वेवारिसे महिलाले सडकमा बच्चा जन्माईन