साताव्यापी रूपमा राष्ट्रिय शिक्षा दिवस मनाउन शिक्षा मन्त्रालयको अनुरोध
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय शिक्षा दिवस साताव्यापी रूपमा मनाउन अनुरोध गरेको छ । असोज २ गते मनाइने दिवस साताव्यापी रूपमा नै मनाउन मन्त्रालयले अनुरोध गरेको हो ।
मन्त्रालयले यो वर्षको दिवसको आदर्श वाक्य ‘ज्ञान, विज्ञान, सीप उद्यम र मौलिकता ः साझेदारी र प्रणालीगत सक्षमता’ तय गरेको छ ।
सोही बमोजिम असोज २ गते मुलुकभर सप्ताहव्यापी रूपमा विविध रचनात्मक र सन्देशमूलक कार्यक्रमसहित दिवस मनाउन सबैसँग अनुरोध गरेको हो ।
भदौ ९ गते बसेको बैठकले सप्ताहव्यापी कार्यक्रमसहित शिक्षा दिवस मनाउने निर्णय गरेको दिवस मूल समारोह समितिका सदस्य सचिव तथा केशव प्रसाद दाहालले बताए ।
अघिल्लो वर्षदेखि अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन, २०७५ जारी भएको दिनको अवसर पारेर प्रत्येक वर्ष असोज २ गते दिवस मनाउँदै आएको छ ।
२०८० जेठ ९ गते मन्त्रिपरिषद् बैठकले हरेक वर्षको असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण