पेरिस पारा ओलम्पिक : पहिलो खेलमै जापानी प्रतिद्वन्द्वीसँग हारे भरत
काठमाडौँ । पेरिसमा जारी गृष्मकालीन पारा ओलम्पिक खेलकुद प्रतियोगिताको १७ औँ संस्करणमा नेपाली तेक्वान्दो खेलाडी भरतसिंह महता आफ्नो पहिलो खेलमै पराजित भएका छन् । उनले पेरिस पारा ओलम्पिकमा के–४४ समूहअन्तर्गत ५८ केजीभन्दा मूनिको तौल समूहमा प्रतिस्पर्धा गरेका थिए ।
प्रतियोगिताको दोस्रो दिन बिहीबार सम्पन्न खेलमा जापानी खेलाडी मित्सुया तानाकाले नेपाली खेलाडी भरतलाई १९–३ ले हराएका हुन् । जितसँगै जापानी खेलाडी मित्सुया प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । भरत ‘वाइल्ड कार्ड’ प्राप्त गरेर पेरिस पारा ओलम्पिकमा सहभागी भएका हुन् ।
भरतले यसअघि दुईवटा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका थिए । उनले चीनमा गत चैत २ देखि ४ गतेसम्म पेरिस ओलम्पिकका लागि भएको एसियाली छनोट प्रतियोगिता र भियतनामको दनाङमा जेठ ६ गते भएको नवौँ एसियाली पारा तेक्वान्दो प्रतियोगितामा सहभागिता जनाएका थिए ।
एसियाली छनोटको पहिलो खेलमा इन्डोनेसियाका खेलाडीलाई पराजित गरी अगाडि बढेका भरत सेमिफाइनलमा मंगोलियाका प्रतिद्वन्द्वीसँग पराजित भएका थिए । उक्त प्रदर्शनपछि भरत विश्व वरीयताको ८१ औँ स्थानमा पुगेका थिए । त्यसअघि उनी वरीयताविहीन थिए ।
भियतनाम पनि पहिलो खेलमा काजाकिस्तानका खेलाडीलाई हराएका भरत दोश्रो खेलमा अजरबैजानका खेलाडीसँग पराजित भएका थिए । भियतनामको प्रदर्शनपछि भरत विश्व वरीयताको ५८ औँ स्थानमा उक्लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण