जनार्दनको प्रस्तावलाई मैले पार्टी बनाउने चिन्ताका रूपमा लिएको छु : प्रचण्ड
सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उपमहासचिव जनार्दन शर्माले पार्टीमा राखेको लिखित प्रस्तावलाई सहज रूपमा लिएको बताएका छन् । प्रस्ताव पार्टी बनाउने चिन्ताका साथ आएको र आफूले सहज रूपमा लिएको प्रचण्डको भनाइ छ ।
शुक्रबार सुर्खेत विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै प्रचण्डले पार्टी फुटको चर्चा खारेज भइसकेको बताए । छेवैमा बसेका शर्मालाई देखाउँदै प्रचण्डले भने– ‘प्रभाकरजी यहीँ हुनुहुन्छ, उहाँ आफैँले यो मेरो फरक प्रस्ताव होइन, अरू साथीहरूले मौखिक राख्नुभयो, मैले लिखित राखेको हुँ, भोलि केन्द्रीय समितिको बैठकमा यसलाई आत्मसात् गरेर लिएपछि मेरो पनि आत्मसात् गरियो भन्ने हुन्छ भनेर भन्नुभयो ।’
शर्माको प्रस्ताव पार्टी बनाउने चिन्ताका साथ आएको र ती विषयहरूलाई नै समेटेर दस्ताबेज बनाइने प्रचण्डको भनाइ छ । नेतृत्व हस्तान्तरणको विषयमा प्रचण्डले राम्रो टिम बनेको खण्डमा आफैँ फरक भूमिकामा रहने प्रस्ट पारे ।
‘तत्कालका तत्कालै नेतृत्व हस्तान्तरण भन्ने हुँदैन, प्रभाकरले पनि अहिले नै अर्को अध्यक्ष बनाउने भन्नु भएको होइन,’ उनले भने, ‘अध्यक्ष पद मेरो लागि ठुलो होइन, मलाई के लाग्छ भने प्रचण्ड अध्यक्षभन्दा माथि भइसक्यो ।’
संसारले नै प्रचण्डलाई परिवर्तनको एउटा ठुलो क्रान्तिकारी नेताको रूपमा स्वीकार गरेको बताउँदै राम्रो टिम बनेको खण्डमा आफू फरक भूमिकामा जाने बताए ।
संसद्मा माओवादी जनयुद्धलाई ‘हिंसा’ भनिएको विषयमा संविधानमै जनयुद्ध शब्दलाई व्याख्यात्मक टिप्पणीमा ‘माओवादी जनयुद्ध’ भनेको उल्लेख गर्दै अहिले हिंसा भन्ने साथीहरूले नै कुनै बेला जनयुद्ध भनेर स्वीकार गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेन सरकार आएयता ४९५ बिचौलिया र लुटपाट गर्ने १३ हजारभन्दा बढी समातिए
-
प्रचण्डको व्यङ्ग्य, ‘चुनावमा जमानत जफत भएका युवालाई अहिल्यै नेतृत्व चाहियो’
-
सहकारीका १७ सयभन्दा बढी बचतकर्ताले पाए बचत फिर्ता
-
गण्डकी प्रदेशका ५ अग्रज पत्रकार पोखरामा सम्मानित
-
कागजी प्रमाणकै भरमा मात्र धेरैले कैद जीवन बिताइरहेका छन्: मुख्यमन्त्री यादव
-
१०० दिनमा हेलो सरकारमा आउने उजुरी ६०० प्रतिशतले बढ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण