हैजा संक्रमित सबै बिरामी निको भए
शुक्रबार, १४ भदौ २०८१, १७ : ५९
काठमाडौँ । देशभर देखिएका हैजा संक्रमित सबै बिरामी निको भएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को पछिल्लो तथ्यांक अनुसार हैजा संक्रमित भएका ६८ जना निको भएका हुन् ।
ईडीसीडीका अनुसार ललितपुरका ४८ जनामा हैजा संक्रमण भएको थियो । यस्तै, काठमाडौँका ९ जनामा, कैलालीका ८ जनामा, प्युठानका २ जनामा, मकवानपुरका १ जना हैजा संक्रमित भएका थिए ।
देशभर ५ जिल्लामा हैजा संक्रमण देखिएको थियो । बर्खायाममा खाने पानीसँग दूषित पानी मिसिने सम्भावना हुन्छ । पानीकै कारण खानेकुरा दूषित हुने भएकाले हैजासहित पानीजन्य रोग फैलिने जोखिम हुन्छ । त्यसैले यो मौसममा खानेपानीको शुद्धतामा ध्यान दिनुपर्ने चिकित्सकले सुझाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
-
आयुर्वेद तथा वैकल्पिक चिकित्सा सुधारका लागि उच्चस्तरीय छलफल
-
कोलकाता–विराटनगर रेल सेवा : उद्योगी र व्यापारी हर्षित
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण