मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

दुर्गेशले ल्याए ‘बिच्च बिच्चमा’को अन्तिम सिरिज ‘बिच्च बिच्चमा ७’

शनिबार, १५ भदौ २०८१, ०९ : ३६
शनिबार, १५ भदौ २०८१

काठमाडौँ। तीजको अवसरमा निरन्तर ‘बिच्च बिच्चमा’ गीतको ल्याउने गरेका गायक तथा सङ्गीतकार दुर्गेश थापाको ‘बिच्च बिच्चमा ७’ सार्वजनिक भएको छ । ‘बिच्च बिच्चमा’ श्रृखलाको अन्तिम सिरिजको रूपमा उनले ‘ बिच्च बिच्चमा ७’ ल्याएका हुन् ।

जनचेतनामूलक र सन्देशमूलक भनिएको उक्त गीतको शब्द तथा भिडियोले नारीप्रतिको सम्मान बोल्छ । दुर्गेशकै निर्देशन रहेको भिडियोमा एक बिधुवा नारीलाई नृत्यमा प्रस्तुत गर्दै नारीको सांस्कृतिक स्वतन्त्रताको हिमाइतीको रूपमा आफूलाई उभ्याएका छन् ।

मौसम हिमालीको नृत्य निर्देशन रहेको भिडियोमा दुर्गेशसँगै गायक तथा मोडल पेमा लामाको अभिनय छ । दुर्गेश र पेमा यसअघि ‘झुम्का हरायो’ बोलको गीतमा एकसाथ देखिएका थिए । 

यो गीतमा शब्द, सङ्गीत, स्वर दुर्गेशकै छ । एरेञ्ज भने  साहस शाक्यले गरेका छन् । मिलन विश्वकर्माको सम्पादन रहेको भिडियोमा नवराज उप्रेतीको छायाङ्कन छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप