भक्तपुर । भक्तपुरमा पाँच दिपंकर बुद्धलाई नगर परिक्रमा गराइ पञ्चदान पर्व मनाइएको छ। प्रत्येक वर्ष भाद्रकृष्ण त्रयोदशी (पञ्चदान चह्रे) का दिन बौद्ध संस्कृतिअनुसार पञ्चदान पर्व मनाइन्छ ।
_F6UKlHRr2v.jpg)
पञ्चदान पर्वका दिन भक्तपुर नगरपालिका वडा नं ९ सूर्यमढीमा पाँच वटा दीपंकर बुद्धलाई बिहान भेला गराइ दिनभर नगर परिक्रमा गराउने परम्परा छ। यसअघि नगरका पाँच छुट्टाछुटै स्थानमा राखिएका दीपंकर बुद्धलाई सूर्यमढी ल्याई पुर्याउने परम्परा छ।
_CsMVY46UrO.jpg)
यसअनुसार बिहानै प्रशन्नशील महाविहार काठमाडौँको मूलदीपंकर बुद्ध, चर्तुब्रह्म महाविहार साकोठाको दीपंकर बुद्ध, मंगलधर्म दीप महाविहार झौरवही पलिखेलको दीपंकर बुद्ध, जयकीर्ति महाविहार थथुवही इटाछेंको दीपंकर बुद्ध र बौद्ध समकृत विहार कुथुवही भक्तपुर मिनीबस पार्कको दीपंकर बुद्धलाई भक्तपुर वडा नं ९ सूर्यमढी टोलस्थित डबलीमा बोकेर ल्याइपुर्याइएको थियो।
_SigoBD9xCt.jpg)
सूर्यमढी टोलस्थित आदिपद्म महाविहारमा मूल पुजारी (थाय्पाजु) द्वारा पञ्चदान प्रारम्भ गरेपछि ती पाँच दीपंकर बुद्धलाई नगरका विभिन्न स्थानमा परिक्रमा गराइएको थियो।
_DtxHWcfysS.jpg)
नगर परिक्रमा गराउने क्रममा चोकको ठाउँठाउँमा स्वागत गर्ने, विराजमान गराई पूजा चढाउने, विशेष सांगीतिक बाजाको धुनमा नृत्य गराउने, स्तोत्र पाठ गरी परिक्रमा गर्ने गराउने परम्परा छ।
_WND5cDcmTG.jpg)
नगर परिक्रमा गर्ने पाँच वटा दीपंकर बुद्धलाई बिहान सूर्यमढीबाट जेंला, दतात्रय, क्वाठण्डौं, गोल्मढी, सुकलढोका, महालक्ष्मी, भोलाछें, चोछेंबाट सुकुलढोका ल्याइएको थियो। त्यहाँबाट पुनः साकोथा, दरबार स्क्वायर, इँटाछें, भक्तपुर मिनीबस पार्क ल्याइएको थियो।
_EhB7wzJrSf.jpg)
दानका रूपमा दैनिक उपभोग्य वस्तु दान गर्ने परम्परा छ। धान, चामल, मकै, गेडागुडीलगायतका खाद्यान्न दान गर्ने परम्परा छ। लोभ, लालच नराखी केही प्राप्त गर्ने मनसाय बिना शुद्ध मनले निस्वार्थ रूपमा दान गर्दा पुण्य प्राप्ति हुने विश्वासका साथ हजारौँ नगरबासी दानमा सहभागी हुने गरेका छन् ।
_ZfInFyC7bU.jpg)
_cbCh8CEKca.jpg)
_BJalnxU8Uu.jpg)
_zFwzr5FDA3.jpg)
_feAUyqqT3Q.jpg)
_CyovcYyxSk.jpg)
_QZr1JPDhtp.jpg)
_ARaFjDT8fb.jpg)
_PbrOTYwzCB.jpg)
_1FP20gkWlK.jpg)
_K11zltwwLr.jpg)
_eBCZ8lpeUi.jpg)
_2qly7w3nZj.jpg)
_2cmlWnbaVN.jpg)
_1P0lMEz06e.jpg)
_vdYafepyXh.jpg)
_bUlY7xZsYy.jpg)
_5Mt9xbW8FC.jpg)
_aIEHFqDSNN.jpg)
_pIaf2O0IxM.jpg)
_HziRxfLhWR.jpg)
_RE2E0fVhQm.jpg)
_N9GzBr8HMj.jpg)
_1bgr5MPJsn.jpg)
_md8IncV5wF.jpg)
_PWhAN9uskD.jpg)
_ueKPzOXVEZ.jpg)
_mlPLyTBm8H.jpg)
प्रतिक्रिया