नेपालमा अन्तर्राष्ट्रिय स्तरको अक्षर कला प्रदर्शनी हुने
काठमाडौँ । नेपालमा अन्तर्राष्ट्रिय स्तरको अक्षर कला प्रदर्शनी हुने भएको छ । काठमाडौँ महानगरपालिकाको सहकार्यमा क्यालीग्राफी नेपाल र क्यालीजात्रा फाउन्डेसनले नेपालमा निकट भविष्यमा नै सो अन्तर्राष्ट्रिय स्तरको कला प्रदर्शनी गर्ने तयारी गरेको हो ।
शनिबार काठमाडौँको कला परिषद् नेपालको हलमा आयोजित अक्षर कला प्रदर्शनी कार्यक्रममा बोल्दै काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंंगोलले सो प्रदर्शनीका लागि तयारी गर्न पनि सोसँग सम्बन्धित संस्थाहरूलाई आग्रह गर्दै त्यसमा काठमाडौँ महानगरपालिकाका आवश्यक सहकार्य र साथ दिने बताइन् । उनले कलाकारहरूले नेपालमा अक्षरको कला प्रदर्शनीको कामलाई पनि मेहनतका साथ अघि बढाएको उल्लेख गर्दै त्यसमा स्थानीय सरकारहरूले साथ दिनुपर्ने पनि जानकारी दिइन् ।
उपमेयर डंगोलले भनिन्, ‘अक्षरकै बारेमा दिनहुँ वर्कसप गर्न सक्छ ? दिनहुँ दिन बहस गर्न सक्छ ? भनेर अचम्म लागेको थियो । त्यस्तो खालको कन्मफरेन्स नेपालमा गर्ने काम पनि गरौँन भनेर पनि अघि सल्लाह भइरहेको थियो । सो आगामी दिनमा निकट भविष्यमा हाम्रो त्यस्तो खालको कन्फरेन्स, जुन नेपालको अक्षर मात्रै क्यालिग्राफीमा हुनेछैन । इन्टरनेशनल क्यालीग्राफर आएर पनि एक अर्कोसँग सिक्ने अवसर प्राप्त गर्न सकोस् । त्यसका लागि पनि फेरि क्यालिग्राफी नेपाल र क्यालीजात्रा फाउण्डेशनलाई फेरि शुभकामना दिन चाहन्छु । र त्यसमा एज ए लोकल गोर्भमेन्ट काठमाडौँ महानगरपालिकाले गर्नुपर्ने सहकार्य र साथ यहाँहरूलाई सदैव रहनेछ भन्ने पनि भन्न चाहन्छु । ’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ जिल्लाका साना नदीमा बाढीको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह
-
सोमबार कुन सहरमा कति छ वर्षाको सम्भावना ?
-
विदेशी बिरामी मार्फत् एक अर्ब ५० करोडभन्दा बढी विदेशी मुद्रा भित्र्याउँदै नेपाल नेत्रज्योति सङ्घ
-
लालबकैया बाँधको उच्चस्तरीय अनुगमन, बाढी जोखिम न्यूनीकरणमा सतर्कता अपनाइने
-
बीपी स्मृति दिवसमा कांग्रेसले आयोजना गर्ने ‘ग्रिन रन’ मा सहभागी हुन सभापति थापाको आह्वान
-
बाढीले क्षतिग्रस्त विद्युतीय गाडी टिमुरे भन्सारमै बेवारिसे (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण