१० खेलाडीमा सीमित आर्सनल रोकियो
शनिबार, १५ भदौ २०८१, २० : ५९
एमिरेट्स स्टेडियम । १० खेलाडीमा सीमित बनेको आर्सनल आफ्नै घरेलु मैदानमा बराबरीमा रोकिएको छ । शनिबार भएको खेलमा आर्सनल र ब्राइटनबिचको खेल १–१ को बराबरीमा टुंगिएको हो ।
खेलमा अग्रता भने घरेलु टोलीले लिएको थियो । काइ हाभर्टजले ३८ औँ मिनेटमा आर्सनललाई अग्रता दिलाएका थिए । तर, दोस्रो हाफको सुरुवातमा नै डेक्लन राइसले दोस्रो पहेँलो कार्ड खाँदै मैदान छाड्न बाध्य बने । यसको फाइदा उठाउँदै ९ मिनेटपछि जोआओ पेड्रोले ब्राइटनका लागि बराबरी गोल फर्काए ।
३ खेलपछि ब्राइटन र आर्सनलको समान ७–७ अंक रहेको छ । केही समयका लागि भए पनि ब्राइटन शीर्ष स्थान र आर्सनल दोस्रो स्थानमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण