आयो ग्रीष्माको ‘उत्ताउलो जवानी’
आइतबार, १६ भदौ २०८१, १५ : ३३

काठमाडौँ । म्युजिक भिडियो निर्देशनको क्षेत्रमा पृथक पहिचान बनाएकी बबिता श्रेष्ठ ‘मलेकु’ को निर्देशनमा तयार भएको नयाँ म्युजिक भिडियो ‘उत्ताउलो जवानी’ सार्वजनिक गरिएको छ ।
वरिष्ठ संगीतकार सुरेश अधिकारीको प्रमुख आतिथ्यतामा भिडियो सार्वजनिक गरिएको थियो । गायिका अन्नु चौधरी र संगीतकार स्वयं सिडि विजय अधिकारीको स्वर रहेको गीतको भिडियोमा सागर लम्साल ‘बले’, अलिसा शर्मा र ग्रीष्मा पौडेल लगायतले अभिनय गरेका छन् ।
कथानक चलचित्रहरूमा प्रस्तुत गरिने आइटम नृत्यको शैलीमा तयार भएको गीतले दर्शकहरूको मन सजिलै जित्न सकिने विश्वास निर्देशक बबिता श्रेष्ठले लिएकी छन् ।
नृत्य निर्देशन रोशन विश्वकर्मा, शब्द सुजन कोइराला, संगीत सिडि विजय अधिकारीको रहेको गीतको भिडियो उत्तम हुमगाईंले खिचेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऐतिहासिक जितबाट २ रनले चुक्यो नेपाल
-
साढे ३३ करोड भ्रष्टाचार प्रकरण : टेलिकमको बिलिङ सिस्टम प्रकरण के हो ?
-
युक्रेनको मध्य क्षेत्रमा प्रवेश गरेको रुसको दाबी
-
क्रिकेटर रिंकू सिंहले सपा सांसदसँग गरे इन्गेजमेन्ट
-
होण्डाले ३ दिने निःशुल्क सर्भिस क्याम्प तथा सेफ्टी रिकल कार्यक्रम गर्ने
-
यु–१४ राष्ट्रिय विद्यालय खेलकुद: सय मिटरमा आदित्य र प्रकृतिलाई स्वर्ण