सहकारी समितिले मन्त्री गुप्तासँग गर्यो छलफल‚ पाँच दिनभित्र विवरण नआए कारबाही

काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको आइतबारको बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तासहित मन्त्रालयका पदाधिकारीहरूसँग छलफल गरेको छ ।
समिति सभापति सूर्य थापाले दिएको जानकारी अनुसार संघ, प्रदेश र स्थानीय सरकारअन्तर्गत सञ्चालित सहकारीहरूको तथ्यगत विवरण प्राप्त गर्ने सम्बन्धमा आकस्मिक रूपमा छलफल र अन्तर्क्रिया भएको हो ।
बैठकमा मन्त्री गुप्तासहित मन्त्रालय सचिव भरतमणि सुवेदी‚ नेपाल नगरपालिका संघका कार्यकारी निर्देशक कलानिधि देवकोटा, उपाध्यक्ष एवं प्रवक्ता पुरुषोत्तम कार्कीसँग छलफल भएको हो ।
‘बैठकले देशका ७५३ वटा स्थानीय तह तथा ७ वटा प्रदेशका अधिकारीहरूलाई यसअघि माग गरिएको विवरण गुगल फाराम भरी यथाशीघ्र ५ दिनभित्र उपलब्ध गराउन पुनः समय दिने, त्यसको संयोजन मन्त्रालयको तहबाट गरिदिन मन्त्रीज्यू र सचिवज्यूलाई विशेष निर्देशन दिने निर्णय गरेको छ‚’ उनले भने ।
पाँच दिनपछि प्राप्त हुने विवरण प्रतिवेदनमा समेट्न नसकिने र माग गरिएको विवरण नपठाउने सरकारी अधिकारीलाई कानुनबमोजिम जिम्मेवार ठहर्याउने गरी आवश्यक निर्णय लिन छानबिन विशेष समिति बाध्य हुने उनले बताए ।
‘नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघ नेपालको नेतृत्वलाई उक्त कार्यमा अत्यावश्यक सहजीकरण र समन्वय गरेर सहयोग पुर्याउन पनि अनुरोध गरिएको छ‚’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘वर्षायाममा मेलम्चीको पानी काठमाडौँमा नियमित वितरण हुन्छ’
-
ट्रम्पले इजरायल–इरान तनाव घटाउने जी –७ प्रस्तावमा हस्ताक्षर नगर्ने
-
इजरायली आक्रमणमा इरानी राज्य टेलिभिजन निशानामा, सीपीजेद्वारा कडा निन्दा
-
तेहरानमा दुई इरानी लडाकु विमान ध्वस्त, इजरायलमाथि नयाँ क्षेप्यास्त्र हमला सुरु
-
पदमार्गको प्रवर्द्धन गर्न ‘मुन्दुम ट्रेल रेस’ आयोजना
-
नेपाल र नेदरल्यान्ड्सबीचको खेलमा पहिलो पटक तीन सुपर ओभर