सहकारी समितिले मन्त्री गुप्तासँग गर्यो छलफल‚ पाँच दिनभित्र विवरण नआए कारबाही
काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको आइतबारको बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तासहित मन्त्रालयका पदाधिकारीहरूसँग छलफल गरेको छ ।
समिति सभापति सूर्य थापाले दिएको जानकारी अनुसार संघ, प्रदेश र स्थानीय सरकारअन्तर्गत सञ्चालित सहकारीहरूको तथ्यगत विवरण प्राप्त गर्ने सम्बन्धमा आकस्मिक रूपमा छलफल र अन्तर्क्रिया भएको हो ।
बैठकमा मन्त्री गुप्तासहित मन्त्रालय सचिव भरतमणि सुवेदी‚ नेपाल नगरपालिका संघका कार्यकारी निर्देशक कलानिधि देवकोटा, उपाध्यक्ष एवं प्रवक्ता पुरुषोत्तम कार्कीसँग छलफल भएको हो ।
‘बैठकले देशका ७५३ वटा स्थानीय तह तथा ७ वटा प्रदेशका अधिकारीहरूलाई यसअघि माग गरिएको विवरण गुगल फाराम भरी यथाशीघ्र ५ दिनभित्र उपलब्ध गराउन पुनः समय दिने, त्यसको संयोजन मन्त्रालयको तहबाट गरिदिन मन्त्रीज्यू र सचिवज्यूलाई विशेष निर्देशन दिने निर्णय गरेको छ‚’ उनले भने ।
पाँच दिनपछि प्राप्त हुने विवरण प्रतिवेदनमा समेट्न नसकिने र माग गरिएको विवरण नपठाउने सरकारी अधिकारीलाई कानुनबमोजिम जिम्मेवार ठहर्याउने गरी आवश्यक निर्णय लिन छानबिन विशेष समिति बाध्य हुने उनले बताए ।
‘नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघ नेपालको नेतृत्वलाई उक्त कार्यमा अत्यावश्यक सहजीकरण र समन्वय गरेर सहयोग पुर्याउन पनि अनुरोध गरिएको छ‚’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रविसँग भारतले ‘समानान्तर कूटनीति’ प्रयोग गरेको हुन सक्छ’
-
सुर्खेत–जुम्ला सडकको दही खोलामा पुल निर्माणका लागि ठेक्का आह्वान
-
कर्णालीका मुख्यमन्त्रीले भने- प्रधानमन्त्री बालेनले इतिहासमा कसैले नबोलेको कुरा बोल्नुभयो
-
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
-
विजय र स्वस्तिमा उत्कृष्ट कलाकार, निर्देशकमा मिलन चाम्स
-
अत्यधिक गर्मी बढेपछि कपिलवस्तु नगरपालिकाका विद्यालयमा तीन दिन बिदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण