मन्त्री पाण्डेलाई देउवाको जवाफ : मन्त्रालय सम्हाल्न नसके छोड्नु‚ अर्को आउँछ
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मन्त्रालयको जिम्मेवारी सम्हाल्न नसक्ने भए छाडेर मार्ग प्रशस्त गर्न पार्टी सहमहामन्त्री समेत रहेका पर्यटन मन्त्री बद्री पाण्डेलाई सुझाव दिएका छन् ।
आइतबारको केन्द्रीय समिति बैठकमा बोल्दै मन्त्री पाण्डेले स्रोत साधनको अभावमा काम गर्न नसकेको बताएका थिए । उनले आफूहरू मन्त्री बनेपछि मन्त्रालय बुझ्ने काम भइसकेको र स्रोत साधन अभावका कारण काम गर्न चुनौती भएको बताएका थिए । आफ्नो मन्त्रालय बुझेर सबै निराश र थकित भइसकेको भन्दै कांग्रेस र एमाले मिलेर मन्त्रालयलाई सहज हुने गरी थिंक ट्यांक निर्माण गर्न जरुरी रहेको उनले बताएका थिए ।
जवाफमा देउवाले प्रधानमन्त्री ओलीसँग गएर कुरा गर्न भने । ‘तपाईँ आफै बाठो चलाख मान्छे हुनुहुन्छ । गएर कुरा गर्नुहोस्‚’ देउवाले भनेका थिए‚‘सक्नुहुन्न भने छाडेर आउनुहोस् । अर्को गएर मन्त्री बन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण