गण्डकीमा मनाङे र देवकोटालाई कांग्रेसकै कोटामा मन्त्री बनाइने
पोखरा । गण्डकी प्रदेशमा सत्ता समीकरण फेरिए पनि स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङे र माओवादीको चुनाव चिन्हबाट निर्वाचित नेपाल समाजवादी पार्टीका नेता फणीन्द्र देवकोटा मन्त्री रहीरहने भएका छन् । उनीहरूलाई नेपाली कांग्रेसले आफ्नै कोटाबाट मन्त्री बनाउन लागेको हो ।
दुखका बेला साथ दिएको भन्दै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दुवै जनालाई मन्त्रीमा निरन्तर राख्न लागेका हुन् । ‘उहाँहरूको बारेमा मेरो पार्टीमा कुरा राखेँ । संयुक्त कुरा पनि भयो,’ उनी भन्छन्, ‘एमाले थपिएपछि पनि क्याबिनेटमा २ जना रहनुहुन्छ । कांग्रेसको ५ वटा मन्त्रालयमै उहाँहरू अट्नुहुन्छ ।’
गण्डकीमा मंगलबारसम्म एमाले सरकारमा सहभागी हुनेछ । त्यसका लागि मन्त्रालयको संख्या थपेर ९ पुर्याइएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय फुटाउने निर्णय गरेको हो ।
हाल भौतिक पूर्वाधार विकास मन्त्री रहेका मनाङेको जिम्मेवारी भने फेरिने भएको छ । उनको मन्त्रालय नयाँ समीकरणपछि एमालेले पाउने पक्का छ । मनाङेलाई उद्योग तथा पर्यटन मन्त्रालयको जिम्मा दिने सम्भावना छ । देवकोटा भने ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रीमा यथावत् रहनेछन् ।
सर्वोच्च अदालतको परमादेशबाट संविधानको धारा १६८ (३) बमोजिम मुख्यमन्त्री बनेका पाण्डेलाई राप्रपाका २, देवकोटा र मनाङेले समर्थन गरेका थिए । पाण्डेले बदलामा राप्रपालाई नीति तथा योजना आयोगको सदस्य बनाएका छन् भने नेसपालाई मन्त्रीसहित आयोगको सदस्य बनाएका छन् ।
सुरुमा एमालेले दुवै जनालाई सरकारबाट हटाउनुपर्ने अडान लिएको थियो । पाण्डेले कुनै हालतमा नहटाउने बताएपछि कांग्रेसको कोटामा मन्त्री बनाउन एमाले पनि सहमत भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कंगोमा रहेका अमेरिकी नागरिकको स्वदेश फिर्तीमा अमेरिकाले लगायो रोक
-
एल निनोको उच्च जोखिम : एसिया र अफ्रिकामा बाढी, रोग र खाद्य सङ्कटको सम्भावना
-
हुथीद्वारा साउदी अरबमाथि मिसाइल आक्रमण
-
हजारौँ करार र ज्यालादारी कर्मचारी हटाएर सरकारले नीतिगत भ्रष्टाचार गर्दै छ : सांसद राई
-
सरकारमाथि प्रतिपक्षी सांसदले औँला ठड्याए, सत्तापक्ष प्रमाण माग्दै सरकारको बचाउमा
-
सम्पत्ति छानबिनमा सरकारले राजनीति गर्यो, आफ्ना मन्त्री र सांसदलाई जोगाउन खोजियो : शाही
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण