गण्डकीमा एमालेबाट को-को मन्त्री बन्दैछन् ?
पोखरा । गण्डकी प्रदेशमा मन्त्रिपरिषद् विस्तारको तयारी गरिएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकबाट हाल कायम मन्त्रालय फुटाएर ९ वटा कायम गरिएसँगै एमालेबाट ४ जना मन्त्री थपिने भएका छन् ।
एमालेले मन्त्रीको नाम दिनेबित्तिकै मन्त्रिपरिषद् विस्तार हुने मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जानकारी दिए । एमाले मन्त्रीको नाम टुङ्ग्याउने अन्तिम कसरतमा जुटेको छ । दलका नेता खगराज अधिकारी यसैका लागि शनिवार काठमाडौँ गएका थिए । उनी पोखरा फर्किसकेका छन् ।
यसअघि मन्त्री बनेकाहरूलाई नदोहोर्याउने सार्वजनिक रूपमै अधिकारीले घोषणा गरिसकेका छन् । त्यसैले चारै जना मन्त्रीहरू नयाँ अनुहारका हुने पक्काजस्तै रहेको नेताहरूको भनाइ छ ।
एमालेले मन्त्री छनोटको ठ्याक्कै मापदण्ड बनाएको त छैन । तर गण्डकीमा मन्त्री छान्दा भूगोल, जातीय क्लष्टर र लैङ्गिक हिसाबले सन्तुलन मिलाउनुपर्छ ।
जसअनुसार एमालेले पद्या जिसी श्रेष्ठको नेतृत्वमा सरकारमा सामेल हुने तयारी गरेको नेताहरूको भनाइ छ । यस्तै, बागलुङका कृष्ण पाठक पनि मन्त्री बन्ने निश्चितजस्तै छ । यसैगरी कास्कीका प्रकाश केसी र पर्वतका मित्रलाल बस्याल पनि मन्त्री बन्दैछन् । उनीहरूको जिम्मेवारी भने छलफलकै क्रममा रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कंगोमा रहेका अमेरिकी नागरिकको स्वदेश फिर्तीमा अमेरिकाले लगायो रोक
-
एल निनोको उच्च जोखिम : एसिया र अफ्रिकामा बाढी, रोग र खाद्य सङ्कटको सम्भावना
-
हुथीद्वारा साउदी अरबमाथि मिसाइल आक्रमण
-
हजारौँ करार र ज्यालादारी कर्मचारी हटाएर सरकारले नीतिगत भ्रष्टाचार गर्दै छ : सांसद राई
-
सरकारमाथि प्रतिपक्षी सांसदले औँला ठड्याए, सत्तापक्ष प्रमाण माग्दै सरकारको बचाउमा
-
सम्पत्ति छानबिनमा सरकारले राजनीति गर्यो, आफ्ना मन्त्री र सांसदलाई जोगाउन खोजियो : शाही
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण