गण्डकी सरकारमा सहभागी एमालेका चार मन्त्रीले लिए शपथ
पोखरा । गण्डकी सरकारमा एमाले प्रवेश गरेको छ । सोमबार ४ जना मन्त्री एमालेबाट नियुक्त भएका हुन् । उनीहरुलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनीयताको शपथ गराएका छन् ।
एमाले केन्द्रीय लेखा आयोग सदस्य पद्मा जिसीको नेतृत्वमा सरकारमा सहभागी भएको हो । जिसी कृषि तथा भूमि व्यवस्थामन्त्री बनेकी छन् । यस्तै, बागलुङका कृष्ण पाठक स्वास्थ्य, पर्वतका मित्रलाल बस्याल उद्योग तथा पर्यटन र कास्कीका प्रकाशबहादुर केसी भौतिक पूर्वाधार विकासमन्त्री बनेका छन् ।
जिसीलाई यसअघि नै सरकारमा सहभागी गराउने तयारी थियो । तर सरकारले पूर्णता नपाउँदै ढल्यो र जिसी मन्त्री बन्नबाट बञ्चित भइन् । त्यसबेला अधिकारीले पूरानै अनुहारलाई मौका दिएका थिए । उनी नवलपुर २ (१) बाट निर्वाचित भएकी हुन् । २०४८ सालदेखि राजनीतिमा लागेकी जिसीको संसदीय भूमिका प्रभावकारी छ ।
पर्वत (२) बाट निर्वाचित मित्रलाल बस्याल एमालेका पूराना नेता हुन् । उनी प्रदेशमा पृथ्वीसुब्बा गुरुङ निकट मानिन्छन् । दोस्रो कार्यकालमा निर्वाचित सांसदहरुमध्ये उनी सबैभन्दा ज्येष्ठ हुन् । त्यसैले ज्येष्ठ सदस्यको हैसियतले पहिलो प्रदेशसभा बैठक उनैले चलाएका थिए । बस्याललाई अधिकारी पहिलो कार्यकाल मुख्यमन्त्री हुँदा नै मन्त्री बनाउने चर्चा थियो ।
बागलुङका कृष्ण पाठक अधिकारी निकटका हुन् । उनी समानूपातिक सीटबाट निर्वाचित भएका थिए । सुरुमा मसालको राजनीति गरेका पाठक २०४१ पछि माले हुँदै एमालेको राजनीतिमा सक्रिय भएका हुन् ।
अर्का समानूपातिक सांसद प्रकाश केसी पनि अधिकारी निकटकै हुन् । सांसद बनाउने बेलामा पनि अधिकारीले जोडबल गरेका थिए भने उनै अधिकारी दाइना हुँदा केसी भौतिक पूर्वाधार विकास मन्त्री बने । उनी लामो समय राप्रपाको राजनीतिबाट २०७४ मा एमाले प्रवेश गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सम्बन्ध विच्छेदको मुद्दामा ‘किस इमोजी’ को चर्चा : लद्दाख उच्च अदालतद्वारा महिलाको निवेदन खारेज
-
महेन्द्र राजमार्गको चन्द्रौटा–कोहलपुर खण्ड चार लेनमा स्तरोन्नति गरिँदै
-
भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति पौडेल
-
महाराजगन्ज–धोबीखोला सडक खण्डमा ज्याकारान्डा रोपण
-
इजरायल–लेबनानबिचको युद्धविराम हिजबुल्लाहद्वारा अस्वीकार
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण