रियलमीको डिलर्स मिट सम्पन्न
काठमाडौँ ।स्मार्टफोन ब्रान्ड रियलमीले आफ्नो वार्षिक डिलर्स मिट सम्पन्न गरेको छ । गत शुक्रबार भाद्र १४ गते काठमाडौँको नक्सालस्थित हिल्टन होटलमा आयोजना गरिएको उक्त डिलर्स मिटमा नेपालभरका ६५ भन्दा बढी डिलरहरू सहभागी भएका थिए ।
आफ्ना डिलरहरूसँगको सम्बन्ध अझ प्रगाढ पार्ने उद्देश्यले यस डिलर्स मिटको आयोजना गरिएको कम्पनीले जानकारी दिएको छ । साथै डिलर्सहरुसँग पारदर्शी सञ्चार कायम राख्न तथा उनीहरूले सामना गरिरहेका प्रमुख चुनौती र तिनीहरूका समाधान खोज्ने पनि यस कार्यक्रमको उद्देश्य रहेको कम्पनीले जानकारी दिएको छ ।
डिलर्स मिटको सुरुवात भावपूर्ण गणेश वन्दना नृत्यबाट गरिएको थियो । कार्यक्रममा जगदम्बा मोबाइल्स र पशुपति ट्रेड लिंकका कर्मचारीहरूका साथै चीनबाट आएका अन्तर्राष्ट्रिय टोलीको पनि उपस्थिति रहेको थियो । कार्यक्रमको अन्त्यमा तिगडी ब्यान्डले अविस्मरणीय साङ्गीतिक प्रस्तुति दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण