सहकारी ठगी प्रकरण
सहकारी छानविन विशेष समितिको म्याद थप गर्ने तयारी
सोमबार, १७ भदौ २०८१, १९ : ३२
काठमाडौँ । सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिको म्याद थप गर्ने तयारी भएको छ । मंगलबार बस्ने प्रतिनिधिसभा बैठकबाट म्याद थपको प्रस्ताव पेस हुने बताइएको छ । संघीय संसद सचिवालयले सार्वजनिक गरेको बैठकको सम्भावित कार्यसूचीमा समितिको कार्यविधि थपसम्बन्धी प्रस्ताव पेस गर्ने विषय उल्लेख छ ।
जसअनुसार सभापति सूर्यबहादुर थापाले समितिको कार्यविधि थपसम्बन्धी प्रस्ताव पेस गर्ने संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ ।
समितिको म्याद यही साता सकिन लागेको तर काम धेरै बाँकी रहेकाले म्याद थपको प्रस्ताव लैजान लागिएको बताइएको छ । समितिको हालसम्म ५१ वटा बैठक बसेको छ भने अब प्रतिवेदनको मस्यौदा लेखन गर्न सुरु गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण