स्थानीय तहको उपनिर्वाचनबारे एकीकृत समाजवादीको परिपत्र

काठमाडौँ । मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनका लागि नेकपा (एकीकृत समाजवादी) ले तयारी थालेको छ । त्यसका लागि सो पार्टीले उपनिर्वाचन हुने स्थानीय तहमा पार्टीको बस्तुस्थिति केन्द्रलाई जानकारी गराउन सम्बन्धित जिल्लालाई परिपत्र पठाएको छ ।
महासचिव घनश्याम भुसालले भदौ १६ गते परिपत्र जारी गर्दै उपनिर्वाचन हुने तहमा पार्टीको अवस्था र वस्तुस्थितिबारे केन्द्रलाई जानकारी गराउन निर्देशन दिएका हुन् ।भुसालको परिपत्रमा निर्वाचनमा उठाउने उमेदवारको खोजी गर्न र निर्वाचनमा अन्य पार्टीसँग तालमेल हुन सक्नेनसक्ने अवस्थाको तथ्यपरक विश्लेषण गर्दै केन्द्रलाई रिपोर्टिग गर्न भनेका हुन् ।
सो पार्टीले वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेको संयोजकत्वमा उपनिर्वाचन २०८१ परिचालन कमिटी समेत गठन गरेको छ । जसमा उपाध्यक्ष, उपमहासचिव, सचिव, कानुन व्यवसायी र पोलिटब्युरो सदस्य रहेका छन् ।
परिचालन कमिटीलाई रिक्त स्थानीय तहका विभिन्न पदमा आवश्यक कार्ययोजना बनाउने जिम्मेवारी समेत दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा सामान्य सुधार, कारोबार रकम १३ अर्ब नाघ्यो
-
आगामी बजेट सकारात्मक भएपनि कार्यान्वयनमा चुनौती : भगवती चौधरी
-
‘बाढीले क्षति पुगेका आयोजनाहरू पुनर्निर्माणका लागि बजेट विनियाेजन गरिएन’
-
एनएमबि बैंकद्वारा माथिल्लो मैवा जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
-
अमेरिकामा गोलीबारी, आठ महिनाको बालकसहित तीन जनाको मृत्यु
-
विदेशीबाट लिइएको ऋणबाट ल्याइएको बजेट पार्टी कार्यालयलाई छुट्ट्याउनु भ्रष्टाचार हो– सुवाल