स्थानीय तहको उपनिर्वाचनबारे एकीकृत समाजवादीको परिपत्र
काठमाडौँ । मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनका लागि नेकपा (एकीकृत समाजवादी) ले तयारी थालेको छ । त्यसका लागि सो पार्टीले उपनिर्वाचन हुने स्थानीय तहमा पार्टीको बस्तुस्थिति केन्द्रलाई जानकारी गराउन सम्बन्धित जिल्लालाई परिपत्र पठाएको छ ।
महासचिव घनश्याम भुसालले भदौ १६ गते परिपत्र जारी गर्दै उपनिर्वाचन हुने तहमा पार्टीको अवस्था र वस्तुस्थितिबारे केन्द्रलाई जानकारी गराउन निर्देशन दिएका हुन् ।भुसालको परिपत्रमा निर्वाचनमा उठाउने उमेदवारको खोजी गर्न र निर्वाचनमा अन्य पार्टीसँग तालमेल हुन सक्नेनसक्ने अवस्थाको तथ्यपरक विश्लेषण गर्दै केन्द्रलाई रिपोर्टिग गर्न भनेका हुन् ।
सो पार्टीले वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेको संयोजकत्वमा उपनिर्वाचन २०८१ परिचालन कमिटी समेत गठन गरेको छ । जसमा उपाध्यक्ष, उपमहासचिव, सचिव, कानुन व्यवसायी र पोलिटब्युरो सदस्य रहेका छन् ।
परिचालन कमिटीलाई रिक्त स्थानीय तहका विभिन्न पदमा आवश्यक कार्ययोजना बनाउने जिम्मेवारी समेत दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो
-
अल्छीपन छोड्नुहोस्, आयु बढाउनुहोस्
-
फोहोर सम्झिएर नफाल्नुहोस् तरकारी तथा फलफूलका बोक्रा र चियापत्ती
-
२० मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने
-
त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित
-
मुख्यमन्त्री विजयसँग प्रेम सम्बन्धको भाइरल हल्लाबिच तृषाले तोडिन् मौनता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण