विश्वकप लिग–२ अभ्यास : नेपालले श्रीलङ्कासँग आज पहिलो खेल खेल्दै
काठमाडौँ । नेपालको राष्ट्रिय क्रिकेट टोली आईसीसी क्रिकेट विश्वकप लिग–२ को तयारीका लागि श्रीलङ्का भ्रमणमा छ । नेपाली टोलीले श्रीलङ्का डेभलपमेन्ट स्क्वाडसँग तीनवटा एकदिवसीय अभ्यास खेलहरू खेल्ने छ ।
आजदेखि सुरु हुने अभ्यास खेल नेपाली टोलीको आगामी तयारीका लागि महत्त्वपूर्ण मानिएको छ । नेपाल र श्रीलङ्का डेभलपमेन्टबिचको खेल बिहान सवा १० बजेदेखि सुरुहुनेछ ।
दोस्रो अभ्यास खेल भोलि हुनेछ, भने तेस्रो तथा अन्तिम खेल शुक्रबार खेलाइने छ । यसअघि, दोस्रो खेल बिहीबार र तेस्रो खेल शनिबारमा हुने तय गरिएको थियो ।
तर नेपाल क्रिकेट सङ्घ (क्यान) ले खेल तालिका परिवर्तन भएको जानकारी गराउँदै सोमबार नयाँ तालिका सार्वजनिक गरेको थियो ।
श्रीलङ्का भ्रमणपछि, नेपाली टोली आगामी सेप्टेम्बरमा क्यानडामा हुने त्रिदेशीय एकदिवसीय शृङ्खलामा सहभागी हुनेछ । यो शृङ्खलामा नेपालले घरेलु टोली क्यानडा र ओमानसँग प्रतिस्पर्धा गर्नेछ । क्यानडामा हुने शृङ्खला नेपाली टोलीको लागि आईसीसी क्रिकेट विश्वकप लिग–२ को महत्त्वपूर्ण छ ।
क्यानडाको शृङ्खला समाप्त भएपछि, नेपाली टोलीले अक्टोबरमा अमेरिकामा अर्को त्रिदेशीय शृङ्खला खेल्ने छ । यस शृङ्खलामा घरेलु टोली अमेरिका, नेपाल, र स्कटल्यान्डबिच प्रतिस्पर्धा हुनेछ ।
आईसीसी क्रिकेट विश्वकप लिग–२ मा हालसम्म नेपालले चार खेल खेलिसकेको छ, जसमा दुई अङ्कसहित सातौँ स्थानमा छ । यस प्रतियोगितामा नेदरल्यान्ड्स ८ खेलमा १२ अङ्कसहित शीर्ष स्थानमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण