पशुपति शमशेरको प्रश्न : पञ्चेश्वरको डीपीआर कहिले तयार हुन्छ ?
काठमाडौँ । राप्रपाका सांसद पशुपति शमशेर राणाले परराष्ट्रमन्त्री आरजु राणा देउवालाई पञ्चेश्वर परियोजनाको डीपीआर कहिले तयार हुन्छ ? भनेर प्रश्न गरेका छन् । मंगलबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा राप्रपा नेता राणाले पञ्चेश्वर बहुमुखी योजनाबारे चासो राख्दै कहिले सुरु हुन्छ भनेर प्रश्न गरेका हुन् ।
‘पञ्चेश्वरको डीपीआर तयार भयो कि भएन ?’, राणाको मन्त्री देउवालाई प्रश्न छ । साथै उनले भारत भ्रमणका अवसरमा भारतसँग सम्बन्ध सुधारका लागि भएका कामबारे जानकारी दिन आग्रह गरेका छन् ।
बैठकमा कांग्रेस नेता विमलेन्द्र निधिले परराष्ट्रमन्त्री देउवाको हाले सम्पन्न भारत भ्रमणले नेपालकै गरिमा बढाएको बताए । ‘मन्त्रीज्यूको भ्रमण व्यक्तिगत मात्र होइन, यसलाई नेपालको गरिमाको रूपमा लिनुपर्छ’, निधिको भनाइ छ ।
उनले परराष्ट्रमन्त्रीको भारत भ्रमणमा त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीले भेट दिएर ‘नेबर फस्ट पोलिसी’ भारतको रहेको भन्दै उच्च भेटको महत्त्व रहेको बताए । ‘भेट सन्देशमूलक थियो । नेपाल र भारतबिचको शङ्का उपशङ्का र कथा आइरहँदा उहाँको भेटले शङ्का निवारण गर्यो’, निधिको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण