राजदूत नियुक्ति गर्दा क्षमता हेरिएन : भीम आचार्य
काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेका सांसद भीम आचार्यले परराष्ट्रमन्त्री आरजु देउवा राणाको हालै भएको भारत भ्रमणमा त्यहाँका परराष्ट्रमन्त्री, प्रधानमन्त्रीलगायतका नेताहरूसँग हात मिलाउनु मात्र ठुलो कुरा नभएको बताएका छन् ।
संसदको मंगलबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा परराष्ट्रमन्त्रीसँगको छलफलमा सांसद आचार्यले भ्रमणबाट कुन परियोजनाले ब्रेक थ्रु भयो भन्दै त्यसको जानकारी दिन आग्रह गरे ।
‘पञ्चेश्वरको विषयमा जेनेरल कुरा भयो । स्पेसिफक कुरा चाहिँ के भयो ?’, प्रश्न गर्दै उनले भने, ‘गएर हात मिलाएको, फलानालाई भेटेको भनेर प्रचार हुन्छ । यो प्रचार गरिनु ठूलो कुरा होइन ।’
उनले विषय महत्त्वपूर्ण कुरा हुने बताए । उनले भने, ‘राजदूत नियुक्तिको रिजल्ट हेर्दा रिटायर जीवन बिताएको देख्छु । नेपालका लागि केही गरेको देख्दिनँ । नियुक्ति गर्दा क्षमता के हो त्यो पनि हेरिएन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण