पैसा बचाउन जर्मनीमा आफ्ना कारखानाहरू बन्द गर्दै फक्सवागन
बर्लिन । जर्मन अटो निर्माता कम्पनी फक्सवागनले जर्मनीमा रहेका आफ्ना केही कारखानाहरू बन्द गर्न लागेको छ । खर्च कटौती गर्न कम्पनीले पहिलो पटक जर्मनीमा कारखानाहरू बन्द गर्न लागेको हो । एसियाली प्रतिस्पर्धीहरूबाट दबाब बढिरहँदा कम्पनीले यो कदम चालेको हो । सोमबारको यो निर्णयपछि कम्पनीका प्रमुख कार्यकारी अधिकृत ओलिभर ब्लुम र कम्पनीसम्बद्ध कर्मचारी सङ्गठनबिच तनाव झन् बढ्ने निश्चित प्रायः छ ।
कम्पनीले जर्मनीस्थित गाडी बनाउने ठुलो कारखाना र पार्टस् बनाउने कारखानालाई काम नलाग्ने देखेको र यसको कडा विरोध गरिने कर्मचारी सङ्गठनले कसम खाएको छ । बुधबार बिहान बस्ने बैठकमा कम्पनीका प्रमुख वित्तीय अधिकारी आर्नो एन्ट्लिट्ज र ब्रान्ड प्रमुख थोमस शेफरले कर्मचारीहरूसँग कुराकानी गर्ने भएका छन् ।
खर्च कटौती गर्न कम्पनीले जागिर सुरक्षा कार्यक्रम पनि अन्त्य गर्न लागेको छ । पछिल्लो समय कम्पनीले युरोप, अमेरिका र विशेषगरी चिनियाँ विद्युतीय सवारी साधन निर्माता कम्पनीहरूबाट बजार हिस्सामा निकै चुनौतीको सामना गरिरहेको छ । गएको दुई वर्षमा कम्पनीको शेयर मूल्यमा पनि व्यापक कमी आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण