लोसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले पार्टीको महाधिवेशनको टुङ्गो लगाउन भदौ १९ र २० गते काठमाडौँमा केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ ।
आगामी वैशाखमा महाधिवेशनको तयारी थालेको पार्टीले स्थान र तिथि तोकेर आवश्यक कार्यक्रम सञ्चालन गर्न बैठक भोलि बोलाएको हो । वडा, गाउँ, क्षेत्र तथा केन्द्रसम्म सङ्गठन सुदृढीकरणसम्बधी कार्यक्रम निर्माण गरिने बैठकमा पार्टी सञ्चालनका लागि आर्थिक नियमावली संशोधन गरिने पार्टीका सचिव प्रतिक पाठकले जानकारी दिए ।
संविधान संशोधनका विषयमा पार्टीले तय गर्ने एजेण्डामा समेत छलफल गरी सुझाव सङ्कलन गरिने बैठकमा समान विचारधारा भएका राजनीतिक दल तथा समूहसँगको सहकार्य एवं एकता गर्ने विषयमा छलफल गरिने छ ।
बैठकमा नेताहरूले दिएका सुझावका आधारमा साझा दृष्टिकोण बनाएर आगामी केन्द्रीय कमिटी बैठकबाट पारित गरिने जनाइएको छ । आसन्न मङ्सिरमा हुने स्थानीय तह उपनिर्वाचनका लागि आवश्यक तयारी तथा उपनिर्वाचन हुने तहमा पार्टीको अवस्था र वस्तुस्थितिबारे सम्बन्धित नेताले केन्द्रलाई जानकारी गराउने बैठकमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवस्थाबारे समीक्षा गरिने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निवर्तमान गभर्नर महाप्रसाद अधिकारीविरूद्ध सर्वोच्चमा रिट
-
राजसंस्था फर्काउन राजावादीको बैठक : के-के गर्यो निर्णय ?
-
काठमाडौँका दुई निजी विद्यालयमा विभागको छापा
-
सरकार उल्टो बाटो हिँडिरहेको छ, धेरै जाला जस्तो देखिएन : वर्षमान पुन
-
जनताको पक्षमा हुनेगरी संविधान संशोधन गर्नुपर्छ : प्रचण्ड
-
युवा संघमा भाँडभैलो, निर्णय सच्याउन चेतावनी