विद्यार्थीले ‘हेल्प अस’ भनेर इमेल गरेका छन्‚ कसको कारणले त्रुटि भएको हो ? : सांसद श्रेष्ठ

काठमाडौँ । चिकित्सा शिक्षा आयोगले निकालेको एमबीबीएस परीक्षाको नतिजाको विषयमा रास्वपा सांसद सुमना श्रेष्ठले प्रश्न उठाएकी छन् । मंगलबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले ‘विद्यार्थीहरूले हेल्प अस कसैले हामीलाई सुनेनन् भनेर भनेर इमेल गरेको’ बताएकी हुन् ।
उनले विद्यार्थीहरूको धेरै माग नभएको भन्दै भनिन्‚‘विद्यार्थीको माग ओएमआर सिट उपलब्ध गराऊ, प्रश्नपत्र उपलब्ध गराऊ, कि उत्तर उपलब्ध गराऊ र यो पाउनका लागि भौतिक रूपमा उपस्थित हुने काठमाडौँ केन्द्रित नियम नबनाइयोस् । डिजिटल्ली विद्यार्थीले पाउनुपर्छ भनेर भन्नुभएको छ ।’
उनले नतिजा निकाल्दा प्राविधिक त्रुटि भएको हो भने कसको कारणले भएको हो र यसलाई नदोहोर्याउन के गर्नुपर्छ भन्दै सरकारको ध्यानाकर्षण गराइन् ।
‘हरेक पटक विद्यार्थीहरूले आन्दोलन गर्ने अवस्था सिर्जना गर्नु भएन ।यसै पनि विद्यार्थीले राजनीतिक हस्तक्षेप भयो भनेर निराश छन् । हामीले राजनीतिक रङ नदिऊँ भनेर थाम्न खोजेको छ तर पारदर्शी भएन भने जे सुकै भाष्य बन्छ‚’ उनले भनिन्‚‘त्यो भाष्य परिभाषा निर्माण गर्न सरकारले खोजेको देखिन्छ । चिकित्सा शिक्षा आयोगको अध्यक्ष प्रधानमन्त्री, सहअध्यक्ष शिक्षा र स्वास्थ्य मन्त्री हुनुहुन्छ, म ध्यानाकर्षण गराउँछु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओलीको कब्जा गर्ने निर्देशनबारे प्रचण्डको प्रतिक्रिया- देश दुनियाँमा बेइज्जत भयो एमालेको
-
भोलिदेखि देशभरका सार्वजनिक यातायात ग्यारेजमै थन्क्याएर बस्ने यातायात व्यवसायीको घोषणा
-
एक सातासम्म मनसुन निष्क्रिय बन्दै
-
जलवायु सङ्कट समाधानका उपायहरू तत्काल कार्यान्वयन गर्नुपर्छ : मन्त्री ठकुरी
-
कमल थापासहित ६ जनालाई भद्रकालीमा राखियो
-
पार्टीको रोग वाइसीएलमा पनि सर्यो, गम्भीर भएर समीक्षा गर्नुहोस्– प्रचण्ड