एक्स टिभी एप ल्याउने तयारीमा एलन मस्क
क्यालिफोर्निया । अमेरिकी माइक्रोब्लगिङ वेबसाइट एक्सले टिभी एप ल्याउने भएको छ। अहिले कम्पनीको टिभी एप बिटा परीक्षणमा छ ।
यो एप लन्च भएपछि स्मार्ट टिभीमा यसलाई हेर्न सकिनेछ । लामो समयदेखि कम्पनीले यो एपमा काम गरिरहेको थियो । टिभीको बिटा भर्सन एलजी, एमाजन फायर टिभी र गूगल टिभीमा प्रयोग गर्न सकिनेछ । अन्य डिभाइसका लागि पनि छिटै यसको अपडेट रिलिज गरिने बताइएको छ । कम्पनीका मालिक एलन मस्कले एक्स टिभीको लन्च मितिबारे केही जानकारी दिएका छैनन् ।
एक्स टिभी एपमार्फत टिभीमा माइक्रोब्लगिङ वेबसाइट एक्सलाई चलाउन सकिन्छ भन्ने सोचिरहनु भएको छ भने तपाईले गलत सोचिरहनु भएको छ । यो नयाँ भिडियो स्ट्रिमिङ सर्भिस हो । यसको आधिकारिक नाम एक्स–स्ट्रिम सर्भिस टिभी हुन सक्ने बताइएको छ ।
यसमा स्थानीय टिभी च्यानलबाहेक सबै खालको खेल, फिल्म र म्युजिक आदिलाई लाइभ हेर्न सकिने बताइएको छ । यसमा रि–प्लेको फिचर पनि हुनेछ । क्लाउड सर्भिस प्रयोग गरेर ७२ घण्टासम्म शोलाई क्लाउडमा सेभ गर्न सकिनेछ । यसमा सय घण्टाको डीभीआर रेकर्डिङ निःशुल्क पाइनेछ । तर यो टिभी चलाउन एक्स एकाउन्ट चाहिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण