राजदूत नियुक्तिलाई समावेशी बनाउन सरकारलाई संसदीय समितिको निर्देशन
काठमाडौँ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले राजदूत नियुक्तिलाई समावेशी बनाउन सरकारलाई निर्देशन दिएको छ । मंगलबार बसेको समितिको बैठकले सो निर्देशन दिएको हो ।
बैठकपछि सरकारलाई निर्देशन दिँदै समिति सभापति राजकिशोर यादवले आगामी दिनमा सरकारले राजदूत नियुक्ति गर्दा समावेशी, समानुपातिकतालाई ध्यान दिन निर्देशन दिए । उनले विभिन्न देशका उच्चपदस्थ व्यक्तिहरू नेपाल भ्रमणमा आउँदा समितिलाई जानकारी गराउन परराष्ट्र मन्त्रालयलाई निर्देशन दिए ।
उनले भने, ‘विभिन्न देशका उच्चपदस्थ व्यक्तिहरू नेपाल भ्रमणमा आउँदा समितिलाई जानकारी गराउन मन्त्रालयलाई निर्देशन दिन्छ । यसो आउँदैछ, उनीहरूसँग के कुरा गर्ने ? त्यो पनि ख्याल गर्नुहोला । राजदूत अहिले त सिफारिस भएको छ । भविष्यमा थप पारदर्शी, समावेशी बनाउन समितिले निर्देशन दिन्छ । राजदूत पदमा नियुक्ति गर्दा समावेशी, समानुपातिकतालाई ध्यान दिई सिफारिस गर्न सरकारको ध्यानाकर्षण गराउने ।’
उनले राजदूत नियुक्ति भविष्यमा थप पारदर्शी बनाउन पनि सरकारको ध्यानाकर्षण गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण